सबै प्रदेशमा माओवादीले संयुक्त परामर्श समितिको बैठक बस्ने | Khabarhub Khabarhub

सबै प्रदेशमा माओवादीले संयुक्त परामर्श समितिको बैठक बस्ने


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले सबै प्रदेशमा निरन्तर संयुक्त परामर्श समितिको बैठक बस्ने निर्णय गरेको हो ।

परामर्श समितिको सबै बैठकमा अध्यक्षदेखि उपमहासचिवसम्मका नेताहरू सहभागी हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनले बागमतीमा भदौको ५ देखि ६, उपत्यका विशेष प्रदेशमा ७ देखि ८ गण्डकीमा ९ देखि १०, सुदूरपश्चिममा १२ देखि १३, कर्णालीमा १४ देखि १५ गते, लुम्बिनी प्रदेशमा भदौको १६ देखि १७ गते बैठक बस्ने बताए ।

त्यस्तै भाद्र ३० गतेसम्म अन्य प्रदेश, मोर्चा, मञ्च लगाएको बैठक हुने माओवादी केन्द्रले जनाएको छ ।

सबै प्रदेशको बैठक सम्पन्न भएपछि व्यवस्थित दस्तावेज तयार पारेर असोज पहिलो साता केन्द्रित कमिटीको बैठक बस्ने सापकोटाले जानकारी दिए ।

त्यस्तै बैठकले सदन, सडकलाई सशक्त पार्दै र माओवादीले जितेका १ सय २२ स्थानीय तहलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको उनले बताए।

उनले नेकपा एकीकृत समाजवादीलगाएतसँग एकताका लागि निरन्तर छलफल भइरहेको बताए ।  बैठकमा नेताहरूको कार्य बिभाजनका बारेमा भने कुनै निर्णय नभएको सापकोटाले उल्लेख गरे ।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्दै पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका थिए  ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ६ : ४५ बजे

प्रदूषणको च्यादरभित्र काठमाडौं (तस्बिरहरू)

काठमाडौं – कचौराजस्तो भूबनोट भएको काठमाडौं उपत्यका हिउँद याममा वर्षेनी

रुसको आक्रोश- अमेरिकाले युक्रेनलाई उक्सायो, कडा कदम चाल्छौँ

काठमाडौं- रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धरत युक्रेनलाई उक्साएको आरोप

कांग्रेस सभापति देउवालाई भेटे भारतीय राजदूत श्रीवास्तवले

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नजिकिँदै गर्दा राजनीतिक

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क  

भक्तपुर– भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्डमा कालोपत्र गरिँदै

तेह्रथुम– सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित