क्यान्सर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर « Khabarhub

क्यान्सर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

लेखा अधिकृत कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग एक लाख ५० हजार घुस लिएको अवस्थामा पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।

अख्तियारले लेखा अधिकृत कोइरालाले ६ लाख घुस मागेकोमा एक लाख ५० हजार घुस रकम नगद र ४ लाख ५० हजार चेकसमेत लिएको पुष्टि भएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।

साथै कोइरालाले दुई वर्षअघि दुई पटक गरेर एक लाख ४ हजार समेत लिएको पाइएको र सो रकम दुई वर्ष भन्दा बढी समय भइसक्दा समेत फिर्ता गरेको नदेखिएकोले सेवाग्राहीसँग व्यावसायिक आचरण विपरीत आफू बहाल रहेको पद अनुसार सम्पादन गर्नुपर्ने कामसँग सम्बन्धित व्यक्तिसँग सो रकम सापटी लिएको पुष्टि हुन आएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ७ : ५८ बजे

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर– वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको

विश्वकप फुटबल : भिएआर सुविधा कि विवाद ?

फिफा विश्वकप २०२६ अब अन्तिम चरणमा पुगेको छ। मैदानमा खेलाडीको

सिँचाइ सुविधासँगै आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि

पुनर्वास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण

कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री

मेसीका लागि किन खास छ अर्जेन्टिनी टोली ?

काठमाडौँ – विश्वकप फुटबल २०२६ सकिनका लागि अब तीन खेल