भारतीय दूतावासले थाल्यो ‘एक पेड माँ के नाम’ वृक्षारोपण अभियान « Khabarhub

भारतीय दूतावासले थाल्यो ‘एक पेड माँ के नाम’ वृक्षारोपण अभियान


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौ-ं भारतीय दूतावास, लैनचौरमा आफ्ना आमाहरुको सम्मानमा सबैलाई वृक्षरोपण गर्न आग्रह गर्दै ‘एक पेड माँ के नाम’ अभियानअन्तर्गत वृक्षरोपन गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व वातावरण दिवस, २०२४ का अवसरमा ‘एक पेड माँ के नाम’ अभियान शुभारम्भ गरेका थिए । अभियानलाई भारतीय जनताको समर्थन र सहभागितासहित सफल कार्यक्रमका रूपमा भारतभर लिइने गरेको छ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले लैनचौरस्थित दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेर वातावरण संरक्षण एवं सम्वर्धन अभियानमा ऐक्यबद्धता जनाए ।

दुईदिने नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिस्री पनि यही साउन २७ गते दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेर सो अभियानमा सरिक भएका थिए ।

वातावरण संरक्षण तथा वातावरणीय दिगोपन प्रवद्र्धन गर्न भारतीय ‘डायस्पोरा’का सदस्य एवं भारत–नेपाल मैत्री सङ्घका पदाधिकारी तथा प्रतिनिधिहरूले दूतावास परिसरमा बिरुवा रोपी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका थिए।

‘एक पेड माँ के नाम’ पहलसँगै नेपालस्थित भारतीय दूतावास, लैनचौरले आज विभिन्न जातका ७८ वटा बिरुवा दूतावास परिसरमा रोप्दै भारतको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ८ : १९ बजे

गोरखा बाह्रकिलो बजारका घरटहरा हटाइयो

गोरखा– गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका

सिंहदरबार गेटबाट अनेरास्ववियुका अध्यक्ष धामीसहित ७ जना पक्राउ

काठमाडौँ– सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा

नुवाकोट-धादिङको गगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)

नुवाकोट– नुवाकोट र धादिङको गल्छीबीच पर्ने गगटे क्षेत्रमा मनसुन सक्रिय

कर्णालीका मन्त्रीको सामूहिक राजीनामा

सुर्खेत– कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी सबै मन्त्रीले

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर– बागमती नदीको कटानले टौदहपूर्वका केही घर जोखिममा परेका छन्