गठ्ठाघर दुर्घटना : ज्यान गुमाउने स्कुटर चालक पुरुष भएको पुष्टि « Khabarhub

गठ्ठाघर दुर्घटना : ज्यान गुमाउने स्कुटर चालक पुरुष भएको पुष्टि


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका स्कूटर चालक पुरुष भएको पुष्टि भएको छ । यसअघि प्रहरीले मृत्यु भएका व्यक्ति महिला भएको बताएको थियो । तर अहिले ती व्यक्ति पुरुष भएको प्रहरीले पुष्टि गरेको हो ।

जिल्ला प्रहरी परिसर, भक्तपुरले घटना अनुसन्धान भईरहेको जानकारी दिएको छ । उत्तम कोइरालाको नाममा रहेको ब्लु बुक भेटिएको तर मृतकबारे अझै यकिन नभएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

यस्तै प्रहरीले दुर्घटना गराउने ट्रक चालकलाई पनि पक्राउ गरेको छ । सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ना ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको थियो ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि सोहोरेर लैजाँदा स्कुटरमा सवार व्यक्तिको शरीर क्षतविक्षत भएको थियो ।

त्यसपछि आक्रोशित स्थानीय प्रदर्शनमा उत्रिएका थिए । त्यहाँ प्रहरी र सशस्त्र प्रहरीसमेत तैनाथ गरिएको थियो । ट्रकमा तोडफोड गर्ने समूहले आगो लगाउन खोजेपछि प्रहरीले रोकेको थियो । त्यसक्रममा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो ।

यस्ताे छ प्रहरीकाे विज्ञप्ती 

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १० : ४८ बजे

नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक

बागमती– हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने

कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा