गठ्ठाघर दुर्घटना : ज्यान गुमाउने स्कुटर चालक पुरुष भएको पुष्टि « Khabarhub

गठ्ठाघर दुर्घटना : ज्यान गुमाउने स्कुटर चालक पुरुष भएको पुष्टि


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका स्कूटर चालक पुरुष भएको पुष्टि भएको छ । यसअघि प्रहरीले मृत्यु भएका व्यक्ति महिला भएको बताएको थियो । तर अहिले ती व्यक्ति पुरुष भएको प्रहरीले पुष्टि गरेको हो ।

जिल्ला प्रहरी परिसर, भक्तपुरले घटना अनुसन्धान भईरहेको जानकारी दिएको छ । उत्तम कोइरालाको नाममा रहेको ब्लु बुक भेटिएको तर मृतकबारे अझै यकिन नभएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

यस्तै प्रहरीले दुर्घटना गराउने ट्रक चालकलाई पनि पक्राउ गरेको छ । सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ना ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको थियो ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि सोहोरेर लैजाँदा स्कुटरमा सवार व्यक्तिको शरीर क्षतविक्षत भएको थियो ।

त्यसपछि आक्रोशित स्थानीय प्रदर्शनमा उत्रिएका थिए । त्यहाँ प्रहरी र सशस्त्र प्रहरीसमेत तैनाथ गरिएको थियो । ट्रकमा तोडफोड गर्ने समूहले आगो लगाउन खोजेपछि प्रहरीले रोकेको थियो । त्यसक्रममा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो ।

यस्ताे छ प्रहरीकाे विज्ञप्ती 

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १० : ४८ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका