अफ्रिकन अमेरिकी र ल्याटिनोमा ह्यारिसको चासो | Khabarhub Khabarhub

अफ्रिकन अमेरिकी र ल्याटिनोमा ह्यारिसको चासो


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकामा ५ नोभेम्बरमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि सरगर्मी बढी रहेको छ । यसै समयमा उम्मेदवार कमला ह्यारिस अफ्रिकन अमेरिकन र ल्याटिनो अमेरिकीमा बढी केन्द्रित हुन थालेकी छिन् ।

 यी दुवै समुदायमा ह्यारिसको पकड बलियो छ । तर उनका शुभेच्छुकहरूले नै दुवै समुदायमा उनले धेरै मेहनत गर्न आवश्यक रहेको सुझाए छि उनी यस विषयमा तल्लीन भएकी हुन् । 

पछिल्लो सर्वेक्षणले अफ्रिकन अमेरिकीको ७८ प्रतिशत समर्थन ह्यारिसको पक्षमा छ । विगतमा केही निर्वाचनमा यस समुदायको मत ९० प्रतिशतसम्म डेमोक्र्याटले पाएका थिए । यस कारण यस समुदायमा अझ धेरै आवश्यक रहेको बताइएको छ । 

महत्त्वपूर्ण ब्याटल ग्राउन्डमा दुवै उम्मेदवार तल्लीन छन् । यसै कारण पनि त्यहाँ क्षेत्रका तरल मतले नै निर्वाचनको नतिजामा निर्णायक असर गर्न सक्छ । एरिजोनामा २५ तथा नेभाडामा २५ प्रतिशत ल्याटिनो मतदाता छन् । यसै गरी, जर्जियामा अफ्रिकन अमेरिकनको मत ३० प्रतिशत छ । 

अहिले अमेरिकी निर्वाचनमा अर्थतन्त्र र जनजीवनमा परेको असहज स्थिति मुख्य विषय बनेको छ । यी राज्यहरूमा ल्याटिनो र अफ्रिकन अमेरिकनहरू नै अहिलेको आर्थिक अवस्था प्रति असन्तुष्ट छन् । पहिलो पटक बाराक ओबामालाई मतदान गर्नेहरू नै सन् २०१६ पछि डोनाल्ड ट्रम्पलाई मत दिन थालेका धेरै उदाहरण पनि छन् । कतिपय ल्याटिनोहरु त डेमोक्र्याट दल तथा ट्रम्प दुवै जीवन सहज बनाउन असमर्थ रहेको कुरा बताउन थालेका छन् । 

ह्यारिसका समर्थकहरू नै अहिले अर्थतन्त्रका कारण धेरै जना ट्रम्पतिर ढल्कँदै गएको बताउँछन् । यो अवस्था सबै भन्दा धेरै नेभाडामा छ । अहिले दुवै उम्मेदवार सीमाको एजेन्डामा तल्लीन छन् । बाइडेन प्रशासनको समयमा मेक्सिको सीमामा समस्या बढेको कुरामा दुवै उम्मेदवार सहमत भएका छन् ।

ल्याटिनोहरु नै अवैध प्रवेशका कारण त्यहाँ रहेकाहरूमा समस्या परेको बताउन थालेका छन् भने कतिपयहरू आफ्नो समुदाय प्रति ट्रम्प कठोर भएको बताउन थालेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ४ : ४५ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री