‘अग्निदहन’का धामी माओत्से भन्छन्– बुवा पनि झारफुक गर्नुहुन्थ्यो « Khabarhub

‘अग्निदहन’का धामी माओत्से भन्छन्– बुवा पनि झारफुक गर्नुहुन्थ्यो


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कलाकार माओत्से गुरुङ अभिनित फिल्म ‘अग्निदहन’ मंसिर ७ गतेबाट प्रदर्शनमा आउँदैछ । उनी यस फिल्ममा ‘धामी’को भूमिकामा रहेको ट्रेलरबाट थाहा पाउन सकिन्छ ।

माओत्से सहायक भूमिकामा रुचाइएका कलाकार हुन् । यस फिल्ममा पनि उनी सहायक भूमिकामा नै छन् । तर, यसअघि सकारात्मक भूमिकामा देखिने उनी यसपटक भने खलपात्रको भूमिकामा छन् । धामी बनेर ‘बोक्सी’लाई यातना दिइएको ट्रेलरको दृश्यले यो स्पष्ट हुन्छ ।

फिल्ममा नकारात्मक पात्र निर्वाह गरे पनि दर्शकले मन पराउनेमा उनी आशावादी छन् । नकारात्मक पात्र निर्वाह गर्दा आफ्नो वास्तविक चरित्रमा असर पर्दैन भन्ने प्रश्नमा उनको जवाफ छ, ‘म कलाकार हुँ । फिल्म अथवा नाटकमा अभिनय गर्दा म सकारात्मक र नकारात्मक यस्तै भूमिका गर्छु भनेर कहिल्यै रोज्दिनँ । मेरो भूमिकाले फिल्म वा नाटकलाई कस्तो प्रभाव पार्छ त्यो हेर्छु ।’

चरित्र निर्माणबारे माओत्सेले केही कुरा सेयर गरेका छन् । बाल्यकालदेखि अहिलेसम्मका धामीहरूबाट प्रभावित यस फिल्मको चरित्र विकास गरेको उनले सुनाए । भन्छन्, ‘म गाउँमा जन्मेर हुर्केको मान्छे । धामी झाँक्री र बोक्सीका थुप्रै घटनाहरू देखेको थिएँ । मैले देखेका तिनै धामीबाट क्यारेक्टर निकालेको हुँ ।’

बुवासमेत सामान्य झारफुक गर्ने भएकाले चरित्र निर्माणमा थप सहयोग पुगेको उनले सुनाए । भने, ‘बुवाले सामान्य झारफुक गर्ने भएकाले चरित्र निर्माणमा सहयोग भयो । यसै पनि देखिरेहेकै पात्र भएकाले चरित्र निर्माणका लागि मैले धेरै अध्ययन र खोज गर्नुपरेन ।’

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ६ : ४६ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल