त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त « Khabarhub

त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत  ८ डीन र ३ निर्देशक नियुक्त भएका छन् । त्रिविको कार्यकारी परिषद्ले डीन र निर्देशक नियुक्त गरेको हो ।

नियुक्त भएका डीनहरुमा शिक्षाशास्त्र संकायतर्फ प्रा‍.डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा‍.डा. मोहनराज शर्मा, मानविकी तथा सामाजिकशास्त्रतर्फ प्रा‍.डा. दुबिनन्द ढकाल छन् ।

यस्तै, व्यवस्थापन संकायमा प्रा‍.डा. महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा‍.डा. शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा. किशोरचन्द्र दाहाल र इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा‍.डा. सुशीलबहादुर बज्राचार्य रहेका छन् ।

यसैगरी परिषदले शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा‍.डा. म‍ीना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ ।

यसअघि त्रिविको सिनेट बैठकमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस ७ गतेभित्र सबै नियुक्ती गर्न निर्देशन दिएका थिए ।

 

 

 

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ९ : १३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र