सुरुमै समस्यामा सुदूरपश्चिम, दुवै ओपनरसहित चार विकेट गुमायो | Khabarhub Khabarhub

सुरुमै समस्यामा सुदूरपश्चिम, दुवै ओपनरसहित चार विकेट गुमायो


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्स सुरुमै दबाबमा परेको छ ।

पोखराविरुद्ध पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिम यो खेलमा जितसहित प्लेअफ यात्रा तय गर्ने योजनामा रहेको अवस्थामा दुवै ओपनर सस्तैमा गुमाएको हो ।

सुदूरपश्चिमले स्कोर ७० कटाएको अवस्थामा तीन विकेट गुमाइसकेको छ ।

पोखरा एभेन्जर्सका बलर रामोन रेइफेरको बलमा बोल्ड आउट हुँदै सुदूरपश्चिमका ओपनिङ ब्याटर सइफ जाइब पवेलियन फर्किए ।

उनी १.५ ओभरको अवस्थामा उनी ८ बलमा ९ रनको स्कोरमा बोल्ड हुन पुगेका हुन् । पहिलो ओपनर आउट भएपछि दबाबमा देखिएको सुदूरपश्चिमले अर्का ओपनर विनोद भण्डारीलाई पनि सस्तैमा गुयमाो ।

६.२ ओभरको खेल चलिरहेका बेला भण्डारी पनि विपिन खत्रीको बलमा क्याच आउट हुन पुगे । उनले पनि केबल १४ रनको योगदान दिए ।

त्यही ओभरको छैटौँ बलमा सुदूरपश्चिमले तेस्रो क्रमका ब्रान्डन म्याक्कुलनलाई पनि गुमायो । उनी १६ बलमा २३ रन बनाएको अवस्थामा कुशल भुर्तेलबाट क्याच आउट भए ।

त्यसपछि ९.४ ओभरमा पोखराले अर्को सफलता पायो । उसका मिचेल लिस्कले हर्मित सिंहलाई १० बलमा १३ रन बनाएको अवस्थामा क्याच आउट भए ।

ताजा अवस्थामा ९ ओभर खेल्दै ४ विकेटको क्षतिमा ७० रनमा छ । लगालग ब्याटर बाहिरिँदा दबाबमा परेको सुदूरपश्चिचको रन रेट पनि खुम्चिन पुगेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १ : ४१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका