आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु, सुसाइड नोटमा मागेकी थिइन् पतिसँग माफी « Khabarhub

आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु, सुसाइड नोटमा मागेकी थिइन् पतिसँग माफी


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेकी कमला आचार्यको आइतबार मृत्यु भएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ किरातचोकमा बस्दै आएकी ३८ वर्षीया उनले शनिबार आफैंलाई आगो लगाई आत्मदाह प्रयास गरेकी थिइन् ।

बागमती किनारमा पेट्रोल खन्याएर आगो लगाएकी उनको उपचारका क्रममा साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले आत्मदाह प्रयासअगाडि लेखेको ‘सुसाइड नोट’ पनि भेटिएको बौद्ध बृत्तका डीएसपी वीरेन्द्र गोदारले बताएका छन् ।

चितवनको रत्ननगर नगरपालिका–१२ स्थायी बसोबास भएर काठमाडौंमा ब्यापार गर्दै आएकी उनले ‘सुसाइड नोट’मा आफ्नै कारणले घटना भएको कुरा उनले खुलाएकी छन् ।

बा३५प ५८१८ नम्बरको स्कुटरमा बागमती किनारमा पुगेकी उनले आत्मदाह गर्नुअघि लेखेको ‘सुसाइड नोट’मा श्रीमानसँग माफी मागेको पनि भेटिएको छ।

आफ्नो अवस्थाबारे श्रीमानलाई जानकारी दिन भन्दै उनले उक्त सुसाइड नोटमा श्रीमानको नम्बर पनि लेखिदिएको भेटिएको छ ।

सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उनले लेखेकी छन् ।

‘मेरा कारण श्रीमान् र छोराले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्नँ । श्रीमान् र छोराहरू खुसीसाथ बस्नु’, ‍उनले लेखेकी छन् ।

आचार्य दम्पतीले कागेश्वरी मनोहरा नगरपालिका–७ मा ‘के एन्ड ए स्टेशनरी’ चलाइरहेका थिए।

शनिबार दिउँसो १२ बजे पेट्रोल छर्केर आगो लगाएकी ती महिला र उनका श्रीमान्‌बीच बिहान सवा ११ बजेसम्म च्याटमा कुराकानी भएको प्रहरीले भेट्टाएको छ । यी दम्पतीका १३ र ३ वर्षीय छोरा छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  २ : २२ बजे

रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए विपद्को आपतकालीन बैठक

काठमाडौं– भोटेकोशी नदीमा बाढी आएपछि प्रधानमन्त्रीले आपतकालीन बैठक बोलाएका छन्

नारायणी नदीको तटीय क्षेत्रमा सतर्क रहन माइकिङ गर्दै प्रहरी

काठमाडौं– रसुवामा आएको बाढीका कारण त्रिसुली हुँदै नारायणी नदीको बहाव

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक