काठमाडौं- एसिया कप राइजिङ स्टार्समा अहिले नेपाल र पाकिस्तान ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा टस जितेर अहिले पहिले ब्याटिङ गरिरहेको छ ।
खेलमा पाकिस्तानले ६ विकेट गुमाएको छ । खेलको १५ ओभरका अन्तिम दुई बलमा पाकिस्तानको लगातार विकेट पतन भयो ।
लको १५ ओभर ५ बलमा पाकिस्तानका अब्दुल समाद रनआउट भए । आउट हुनुअघि उनले २६ बलमा १३ रन बनाए ।
लगत्तै अर्को बलमा सन्दीप लामिछानेले पाकिस्तानका फरहान युसुफलाई एलबीडब्लू आउट गरे । उनी गोल्डेन डक भए ।
त्यसैगरी, खेलको १६ ओभर ५ बलमा पाकिस्तानका मोहम्मद इमरान आउट भए । उनी पनि गोल्डेन डक भए ।














प्रतिक्रिया