एनपीएलमा फ्लप कुशल भुर्तेल : दुई पटक शून्यमा आउट, जम्मै ५४ रन जोडे | Khabarhub Khabarhub

एनपीएलमा फ्लप कुशल भुर्तेल : दुई पटक शून्यमा आउट, जम्मै ५४ रन जोडे


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको अन्तिम खेलमा कुशल भुर्तेल कप्तानीको पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ५ रनको झिनो हार बेहोर्‍यो ।

सुदूरपश्चिमसँगको मैदान उत्रिनुअगावै पोखराको प्लेअफको सम्भावना समाप्त भएको थियो । पोखराले लिग चरणका सात खेलमा दुई मात्रै जित्यो । लुम्बिनी लायन्स पहिलो जित र र विराटनगरबोल्टससँग सुपर ओभरमा पुगेको खेलमा पोखरा विजयी भएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनरसमेत रहेका पोखरा एभेन्जर्स कप्तान कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा लुम्बिनी जस्तै लिग चरणबाटै बिदा हुने टोली बन्यो ।

धरहरा परिसरमा गत मंसिर ११ गते आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आठै टिमका कप्तानको प्रशंसामा शब्द खर्चिएका थिए ।

आठ टिमका मार्की खेलाडीबाट ट्रफी सार्वजनिक कार्यक्रममा ओलीले पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलेको पनि खुलेर प्रशंसा गरेका थिए। ओलीले कुशलको प्रशंसा गर्दै ‘बलर हुन् कि ब्याटर छुट्याउन गाह्रो’ भनेका थिए । तर यस पटक कुशले न त बलिङ न त ब्याटिङ, कतै पनि कुशलता देखाउन सकेनन् ।

ओलीले मंसिर ११ मा कुशलको खेल कौशल आफूले मात्रै नभएर विश्वले नै छुट्याउन नसकेको पनि उल्लेख गर्न भ्याएका थिए ।

‘पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्याउन गाह्रो हुने उनको कौशल छ’, ओलीले भनेका थिए, ‘मैले मात्र होइन, विश्वले नै छुट्याउन सकेको छैन जस्तो लाग्छ । यसपटक ९९ मा आउट हुन नपरोस्। शतक हान्नु, मेरो शुभकामना छ ।’

ओलीद्वारा फूलबुट्टा भरेर प्रशंसा गरिएका उनै कुशल जारी एनपीएलमा फ्लप हुँदा उनी नेतृत्वको पोखरा एभेन्जर्स पनि प्रतियोगिताबाट बिदा भएको छ ।

जारी प्रतियोगितामा कुशलको ब्याटिङ नचल्दा त्यसको असर पोखरालाई पनि पर्‍यो । उनले दुई खेलमा रनको खाता नै खोल्न सकेनन् । दुई खेलमा दोहारो रन बनाउन सकेनन् । ६ खेलमा ब्याटिङमा उत्रिएका उनले जम्मा ५४ रन जोडे ।

७ मध्येमा ६ भुर्तेलले खेलमा भुर्तेलले ब्याटिङ गरे । चितवन राइनोजसँगको लिगको आफ्नो पहिलो खेलमा शून्यमा आउट भए । त्यस खेलमा उनी पहिलो ओ‌भरको पहिल्यै बलमा आउट भएका हुन् । सोहल तानवीरले भुर्तेललाई रवि बोपारामार्फत क्याट गराए ।

दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पनि भुर्तेलको ब्याटिङ सम्झनलायक रहेन । ६ बलमा ६ रन जोडेर उनी पवेलियन फर्किए । ललितको बल सामना गर्दा भुर्तेल आशिफ शेखमार्फत क्याच आउट भए ।

तेस्रो खेल अर्थात् लुम्बिनी लायन्सविरुद्ध भुर्तेलले ब्याटिङ गर्नु नै परेन । ओपनरद्वय दिनेश खरेल र एन्ड्रिज गौसले १७६ रनको कीर्तिमानी साझेदारीले पोखराले लुम्बिनीविरुद्ध जित निकाल्यो । प्रतियोगितामा पोखराको यो पहिलो जित हो ।

कर्णाली याक्सका बलरमासामु पनि भुर्तेल निरीह बने । पोखराको उक्त चौथो खेलमा भुर्तेलले कर्णालीविरुद्ध मात्रै १० रन जोडे ।

पाँचौ खेल अर्थात् विराटनगर किङ्सविरुद्ध भुर्तेलले ३१ रन जोडे । जुन उनले प्रतियोगितामा जोडेको सर्वाधिक रन हो ।

काठमाडौं गुर्खाजविरुद्धको खेलमा अर्थात् पोखराको छैटौं खेलमा भुर्तेलले दोहोरो रन बनाउन सकेनन् । १० बल खर्चेर ७ रनको अवस्थामा उनी मैदानबाट बाहिरिनु पर्‍यो ।

पोखराको लागि एनपीएलको अन्तिम खेल अर्थात् सुदूरपश्चिमविरुद्ध भुर्तेलको ब्याटिङ फ्लप भयो । ३ बल सामना गरेर उनी रनको खाता नखोली आउट भए । उनलाई स्कट कुग्गेलिजनले ब्रान्डन म्याकमुल्लेको क्याचमार्फत् शून्यमै आउट गरेका हुन् ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ४ : ५२ बजे

लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छ : अध्यक्ष दाहाल

काठमाडौं – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले दिगो विकासको राष्ट्रिय लक्ष्यको

अर्थसंक्षेप : वैदेशिक लगानी घट्दै, कैलालीमा स्मार्ट डिपो बनाउँदै आयल निगम

काठमाडौं– अघिल्लो आर्थिक वर्षको ६ महिना अवधिको तुलनामा चालु आर्थिक

म्यानमामा खानी भत्किँदा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

एजेन्सी – उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा

रविबारे अदालतको आदेश : कसुरदार होइनन् भन्ने अवस्था रहेन (पूर्णपाठ)

काठमाडौं- कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा सहकारी संस्थाको ठगी प्रकरणमा राष्ट्रिय

बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग

काठमाडौं – सङ्घीय गणतन्त्र जर्मनीले सर्लाही, रौतहट र काभ्रेपलाञ्चोकमा केही