एमालेको योजना- माघदेखि चैतसम्म वडाकेन्द्रित अभियान, टोलसम्मै पार्टी संगठन | Khabarhub Khabarhub

एमालेको योजना- माघदेखि चैतसम्म वडाकेन्द्रित अभियान, टोलसम्मै पार्टी संगठन

नेताहरूको कु–प्रचार भएको निष्कर्षसहित प्रतिवाद थाल्ने


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले आगामी माघदेखि चैतसम्म तीन महिने अभियान चलाउने भएको छ ।

एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीबाट यस्तो निर्णय भएको हो ।

संगठन विभागका सचिव माधव प्रसाद ढुंगेलका अनुसार राष्ट्रिय कार्यशाला गोष्ठीले राष्ट्रिय शक्ति निर्माणका लागि यस्तो निर्णय गरेको हो ।

‘यो राष्ट्रिय कार्यशाला निर्णयक राष्ट्रिय शक्ति निर्माणको लागि माघ देखि चैत्र सम्म ३ महिने ‘वडाकेन्द्रित अभियान’ सञ्चालन गर्ने संकल्प गर्दछ’, ढुंगेलले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय कार्यशालाले आधारभूत तहसम्म अर्थात् टोल-टोलसम्मै पार्टी कमिटी निर्माण गर्ने निर्णय पनि लिएको छ । ढुंगेलले बताएअनुसार सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने संकल्प पनि कार्यशालाले लिएको छ ।

कार्यशालाले २०८२ को पार्टी सदस्यता नवीकरण २०८१ को फागुन र चैत्रभित्रै सम्पन्न गर्ने योजना बनाएको पनि जानकारी उनले दिएका छन् ।

कार्यशालाबाट २०८१ भित्रै सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने योजना बनाएको पनि उनले बताए । एमालेले यसअघि एमालेको सदस्यताको विवरण हेर्ने गरी मोबाइल एप्लिकेशन र अनलाइन पनि बनाइसकेको छ ।

यो कार्यशालाले आगामी २०८१ चैतसम्म ‘राष्ट्रिय युवा महोत्सव’ आयोजना गर्न पार्टी केन्द्रसँग आग्रह गरेको छ

यो कार्यशालाले पार्टी र नेतृत्वविरुद्धका षडयन्त्र र कु–प्रचार भइरहेको पनि जिकिर गरेको छ । अब उक्त कुराको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प कार्यशालाबाट भएको ढुंगेलले बताए।

कार्यशालामा प्रदेश, जिल्ला जनसंगठन र तोकिएका जनप्रतिनिधिसहित ३०० जनाको सहभागिता थियो । कार्यशालामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ०७ बजे

नेता वयकलाई क्याम्पसबाट लगेर प्रहरीले कुटपिट गरेको अनेरास्ववियुको आरोप

काठमाडौं- सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले एकजना विद्यार्थी नेतालाई

नर्सरी व्यवसायबाट मनग्य आमदानी

कैलाली– धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका सुरेश विश्वकर्माले नर्सरी व्यवसायबाट मासिक ४०

७ अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट 

काठमाडौं– आज साताको अन्तिम शेयर बजार घटेर बन्द भएको छ

देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न

दमौली– जिल्लाको प्रसिद्ध देवघाट धाममा एक महिनासम्म सञ्चालित महामहोत्सव बुधबार

बाल विवाह सामाजिक समस्या : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या