खाद्य असुरक्षामा छन्‌ १३ प्रतिशत नागरिक र ४२ जिल्ला « Khabarhub

सन्दर्भ : विश्व खाद्य दिवस

खाद्य असुरक्षामा छन्‌ १३ प्रतिशत नागरिक र ४२ जिल्ला


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज अक्टोबर १६ अर्थात् विश्व खाद्य दिवस ! ‘राम्रो जीवन र राम्रो भविष्यका लागि खान पाउने सबैको अधिकार’ भन्ने नारासहित आज (बुधबार) ४४औं विश्व खाद्य दिवस मनाइँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व खाद्य दिवसे अवसरमा शुभकामना दिँदै कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मुख्य अङ्ग भएको बताएका छन् । उनले मुलुकको ठूलो जनसङ्ख्या कृषिमा संलग्न हुने, तर गरिबी र भोकमरीबाट तिनै नागरिक पीडित हुने दुःखद अवस्था रहेको उल्लेख गरेका छन् ।

नेपालमा हाल ६२ प्रतिशत परिवार कृषिमा संलग्न छन् । तर पनि नेपालले खाद्यान्न आयात गरिरहेको छ । प्रधानमन्त्री ओलीका अनुसार, नेपालका १३ प्रतिशत जनसङ्ख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको स्थितिमा छन्‌ ।

कृषिको उब्जनी बढाएर खाद्य सुरक्षा सुनिश्चित गर्न सरकारले जोड दिएको छ । नेपालले भूमिको समुचित प्रयोग गर्दै कृषिको व्यवसायीकरण, आधुनिक तथा उच्च प्रविधिको प्रयोग गर्दै उत्पादनको वृद्धि गर्ने लक्ष्य लिएको छ ।

नेपाल जीवनस्तर सर्वेक्षण, चौथो (२०७९/८०) अनुसार नेपालमा कुल जनसङ्ख्याको २०.३ प्रतिशत गरिबीको रेखामुनि छन् । जसमध्ये शहरी क्षेत्रमा १८.३ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.७ प्रतिशत रहेका छन् । प्रदेशगत हेर्दा सातमध्ये मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गरिबीको दर राष्ट्रिय गरिबीको दरभन्दा बढी देखिएको छ ।

कृषिप्रधान मुलुक नेपालमा ८० प्रतिशतभन्दा बढी मानिसहरू कृषिमा निर्भर छन् । भोकमरीको तीव्र समस्या नभए पनि कर्णाली क्षेत्र लगायत हिमाली जिल्लाहरूमा भने वर्षमा ६ महिना चर्को खाद्यसङ्कट हुने गरेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार, संसारभर वर्षेनी एक करोड मानिस भोकमरीको चपेटामा पर्ने गरेका छन् । त्यस्तै, संसारका झण्डै ९० करोड मानिस भोकमरी चुनौती सामना गरिरहेका छन् ।

सन् २०२१ मा प्रकाशित प्रतिवेदनअनुसार नेपालका १७.४ प्रतिशत नागरिकले बहुआयामिक गरिबी झेलिरहेका छन् । यस्तो प्रकृतिको गरिबी कर्णाली प्रदेशमा ३९.५ प्रतिशत छ । सबैभन्दा कम बागमती प्रदेशमा सात प्रतिशत छ ।

सन् १९७१ मा संयुक्त राष्ट्र संघको २० औँ साधारण सभाले दिवस मनाउने प्रस्ताव पारित गरेपछि १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो । नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने ‘खाद्य स्वच्छता दिवस’ का नाममा यो दिवस मनाउने गरेको छ ।

यो पनि-

नेपालमा खाद्य असुरक्षा र कुपोषण बढ्यो

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ५ : १८ बजे

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सानदार जित

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

आज २०८३ साल वैशाख २७ गते आइतबार। जेठ कृष्ण पक्षको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ

आज २०८३ साल वैशाख २७ गते आइतबारको राशिफल

काठमाडौँ– आज २०८३ साल वैशाख २७ गते आइतबार। जेठ कृष्ण