आज २०८० साल माघ २ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल माघ २ गते मंगलबारको राशिफल


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ २ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी १६ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ। मित्रसँग भेट हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्धमा शंका रहने छ। आज वैदेशिक यात्रा नगर्नु राम्रो हुन्छ।

वृष : समय राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुन्छ। हरेक क्षेत्र सबल छन्। परिवारबाट राम्रो साथ र सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। ठुला मान्छेको साथ र सहयोग रहनेछ। अचानक नयाँ कुरा सुनेर मन प्रशन्न हुनेछ। परिवारमा भने अविश्वासको खतरा देखिन्छ।

कर्कट : दैनिकी सामान्य छ। राम्रो काम गरे पनि नराम्रोको खोजी हुनेछ। इष्टमित्रसँग सहकार्य गर्दा सचेत हुनुपर्छ। परिवारको साथ रहने छ। प्रेम सम्बन्ध सफल हुनेछ।

सिंह : दिन राम्रो छ। सबै क्षेत्र सबल छन्। श्रम र लगानीको क्षेत्रमा फाइदा हुनेछ। परिवारमा झगडा हुनसक्छ। बहस गर्नुभन्दा आफ्नो तर्क प्रष्टसँग राख्नु राम्रो हुन्छ। प्रेममा खटपटी हुनेछ।

कन्या : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। साथीले गल्ती खोजिरहेकाले साथीसँग सचेत हुनुपर्ने देखिन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

तुला : दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। व्यापार लेनदेन र स्वास्थ्य क्षेत्र राम्रो छ। सामाजिक क्षेत्रमा सम्मान हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहेन छ।

वृश्चिक : समय सामान्य छ। अरु भन्दा पहिला बोलेर अगाडि बढ्ने योग छ। स्वास्थ्य र शिक्षामा सोचेजस्तो नतिजा प्राप्त नहुन सक्छ।
खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। परिवारमा खटपट हुने देखिन्छ।

धनु : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट लाभ हुनेछ। परिवारको साथ मिल्नेछ।

मकर : समय सामान्य छ। सञ्चित धन खर्च हुने देखिन्छ। खर्च गर्दा पनि कसैलाई चित्त बुझाउन सकिँदैन। आफ्नो योजना अरुलाई नसुनाउनु राम्रो हुन्छ।

कुम्भ : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आफ्नो योजना अरुलाई नसुनाउनु नै फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। धन कमाउने समय हो। व्यापारमा फाइदा हुनेछ। मन खुशी हुनेछ। परिवारमा मनमुटाव हुनसक्छ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ६ : ०२ बजे

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सिंहले दिए राजीनामा

महेन्द्रनगर– मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने

गोरखा– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र