यी हुन् एक करोड पारिश्रमिक लिने पहिलो भारतीय नायक « Khabarhub

यी हुन् एक करोड पारिश्रमिक लिने पहिलो भारतीय नायक


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा नायकनायिकाको पारिश्रमिकको विषय सधैँ चर्चामा रहन्छ । सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय नायक सलमान खान हुन् । उनले एउटा फिल्मबाट एक सय करोडभन्दा बढी लिने गर्छन् ।

एउटा फिल्ममा काम गरेर सय करोडभन्दा बढी पारिश्रमिक लिने बलिउड नायकहरू अमिर खान, अक्षय कुमार, ऋतिक रोशनलगायत छन् । अर्थात् अहिलेको अवस्थामा बलिउडमा पारिश्रमिकबापत एक सय करोड लिनु सामान्य भइसकेको छ । पछिल्लो समय चर्चामा आएका नायक कार्तिक आर्यनले समेत ३५ करोडसम्म पारिश्रमिक बुझ्छन् ।

सन् १९९२ को दौरानमा बलिउडमा अभिनेता अमिताभ बच्चनको दबदबा थियो । साउथ फिल्म इन्डस्ट्रीमा रजनीकान्तको उदय भइरहेको थियो । तर यी दुवै एक करोड पारिश्रमिक लिने पहिलो अभिनेता बन्न सकेनन् ।

को थिए एक करोड पारिश्रमिक लिने पहिलो नायक ?

सन् १९९२ मा सर्वाधिक चल्तीका नायक अमिताभले बढीमा ९० लाख पारिश्रमिक लिन्थे । सो समयमा साउथका एक नायकले एक करोड २५ लाख पारिश्रमिक लिएर इतिहास रचेका थिए । उनको नाम हो– चिरञ्जीवी ।

उनले इतिहास रचेर पारिश्रमिक लिएको फिल्म ‘आपाडबन्दभुदु’ हो । यसपछि उनी भारतमा सबैभन्दा बढी पारिश्रमिक लिने हिरो बनेर चर्चा कमाएका थिए ।

भारतीय सञ्चार माध्यम एनडीटीभीका अनुसार त्यस समय पत्रपत्रिकाले चिरञ्जीवीलाई अमिताभ भन्दा ठूलो नायकका रुपमा चित्रण गरेका थिए । यही घटनाले उनलाई साउथमा नायकका रुपमा स्थापित गर्‍याे

चिरञ्जीवी अहिलेका सफल नायक रामचरणका बाबु हुन् ।

उनले एक सय करोड पारिश्रमिक बुझेपछि अन्य नायकहरूले पनि रेट बढाएका थिए । कमल हसन सन् १९९४ एक करोड लिने दोस्रो नायक हुन् । सन् १९९६ बाट रजनिकान्तले पनि एक करोड पारिश्रमिक बुझ्न लागे भने अमिताभले त्यसपछि मात्रै एक करोड पारिश्रमिक लिन लागेका हुन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ८ : १२ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको