मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति « Khabarhub

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गर्न थालिएको छ । 

लोकमार्गको पाखुट्टे–बायखोला-झिम्पा हुँदै निसी जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो। विसं २०७३ मा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडकको ‘ट्र्याक’ खोलिएको थियो । उक्त सडक स्तरोन्नतिका लागि गत वर्ष केन्द्र सरकारको रु एक करोड ३० लाख र गाउँपालिकाको रु एक करोड ३० लाख गरी रु दुई करोड ६० लाख विनियोजन गरी काम भएको हो ।

उक्त बजेटले स्तरोन्नतिको काम नसकिएपछि यस वर्ष केन्द्र सरकारले विनियोजन गरेको रु ५० लाख र गण्डकी प्रदेशले छुट्याएको रु ३० लाखले सडक स्तरोन्नति गर्न थालिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए । 

पाँच वर्षअगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त रहेको हुँदा तीन वर्षदेखि निरन्तर स्तरोन्नतिको काम गरिरहेको उनको भनाइ छ । गत वर्ष सडक फराकिलो बनाउने, ठाउँठाउँमा कल्भर्ट र नाली निर्माण गरिएको गौतमले बताए । 

वैकल्पिक सडकका लागि गाउँपालिकाले अहिलेसम्म रु तीन करोड बढी रकम खर्च गरिसकेको उनको भनाइ छ । करिब २५ किलोमिटर सडकको ६० प्रतिशत मात्रै स्तरोन्नति भएको छ । वैकल्पिक सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको थियो । यो सडकले ढोरपाटन नगरपालिका–२ बाट निसीखोला गाउँपालिका–५ जोडेको छ । 

सडक साँघुरा र अप्ठ्यारा भएको हुँदा स्तरोन्नति गर्न थालेको गौतमले बताए । यो सडक गाउँपालिकाको गौरवको आयोजनाअन्तर्गत रहेको उहाँ बताउनुहुन्छ । वैकल्पिक सडक २०७३ मा साबिक निसी, बोहोरागाउँ र देवीस्थान गाविसले दुई-दुई लाख, अर्थ मन्त्रालयबाट रु ४० लाख, डोलीडार संस्थाबाट रु सात लाख, जिल्ला विकास समितिबाट आठ रु लाख गरी रु ६१ लाखमा सडकको ट्रयाक खोलेको थियो । यो सडकले निसीखोला गाउँपालिका-२, ४ र ५ का हजारौँ नागरिकको दैनिकी फेरिदिएको छ । 

सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले यस सडक स्तरोन्नतिका लागि ठेक्का प्रक्रियामा अगाडि बढेको भन्दै केही दिनमै काम सुरु हुने बताए । केन्द्र सरकारले ५० लाख विनियोजन गरेको हुँदा सो अनुसार ‘स्टिमेट’ गरेर ठेक्का लगाउन सूचना प्रकाशन गरिसकेको र त्यो प्रक्रिया अन्तिम चरणमा पुगेको हुँदा यही महिनादेखि निर्माण कम्पनी काममा लाग्ने उनले बताए । 

निसीखोला गाउँपालिका-२ का स्थानीय भीमबहादुर खत्रीले वर्षौंअगाडि खुलेको सडक हालसम्म पूर्णरुपमा स्तरोन्नति नहुँदा यात्रा र ढुवानी गर्न निकै समस्या हुने गरेको बताए । 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १२ : ४५ बजे

एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई