द नेप्लिज एसोसिएसन हङकङद्वारा चिनियाँ काउन्सिलर सम्मानित  « Khabarhub

द नेप्लिज एसोसिएसन हङकङद्वारा चिनियाँ काउन्सिलर सम्मानित 


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

हङकङ– द नेप्लिज एसोसिएसन हङकङले हालै निर्वाचित याउ चि मोङ डिस्ट्रिक काउन्सिलरहरुलाई भेला गराएर सम्मान गरेको छ ।
यसै महिना हङकङमा दर्ता भएको नेपालीहरूको साझा संस्था एसोसिएसनले बुधबार याउचि मोङ डिस्ट्रिकबाट निर्वाचित भएका एक नेपाली महिलासहित चिनियाँ मूलका काउन्सिलरहरुलाई एक समारोहकाबीच सम्मान गरेको हो । 

एसोसिएसनका अध्यक्ष प्रदीप थापाले हङकङमा बस्ने नागरिकको पक्षमा उत्कृष्ट योगदान दिन हौसलास्वरूप पुरुष काउन्सिलरलाई नेपाली ढाकाको टोपी र महिला काउन्सिलहरुलाई सल र माया र सद्भावको चिनो दिएर सम्मान गरेको बताए । 

उनीहरूलाई हङकङस्थित नेपाली दुतावासको महावाणिज्य दुत डा उदय राना मगरले सम्मान गरेका थिए । डा रानाले पनि हालै विद्यावारिधि गरेको भन्दै एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल र हङकङ नेपाली महासङ्घका अध्यक्ष रिता गुरुङ, च्याबर अफ कमर्सका अध्यक्ष लव कुमार गुरुङ, आदिवासी जनजाति महासंघ हङकङका निवर्तमान अध्यक्ष कृष्णराज लावती, हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष  टंक रानाले संयुक्त रुपमा सम्मान गरेका थिए ।

भर्खर जन्मेको नेपाली संस्थाबाट सम्मानित भएकोमा चिनियाँ काउन्सिलरहरुले खुशी व्यक्त गर्दै एकापसमा सद्भावका साथ हङकङको भविष्य बनाउन एकजुट हुनु पर्नेमा जोड दिएको अध्यक्ष थापाले बताए ।  नेपालीहरूको साझा संस्था द नेप्लिज एसोसिएसनले पहिलो पटक राजनीतिक नेतृत्वमा रहेका चिनियाँ मुलका डिस्ट्रिक काउन्सिलरसहित नेपाली मुलका कान्सिलरहरुलाई एकै ठाउँ भेला गराएर भव्य स्वागत र सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा हेवुड गुवान, मिस एन उ चोर क्वान, लि का हिन, वेन्जामिन छोयी, क्रिस आइपी, एडमण्ड चुङ, क्यारिग जो, लाउ पाक के वेन्नी यङ, एलेक्स पुन, अरुणा गुरुङलगायत रहेका छन् । उक्त अवसरमा डा दिव्यादर्शन गुरुङ, क्याप्टेन रामसिंह थापालाई पनि सम्मान गरिएको थियो ।

उक्त अवसरमा हङकङ नेपाली महासंघका अध्यक्ष रीता गुरुङ, पूर्वअध्यक्षहरु हेजेन राई, टंक राना, नेपाल च्याम्बर अफ कमर्स हङकङका अध्यक्ष डासुराम पराजुली, हेम पुन,  कुल प्रसाद गुरुङ, डा चुराबहादुर थापा, कृष्णराज लावती, टीका पुनलगायतको उपस्थिति  थियो ।

निर्वाचित काउन्सिलरहरुलाई सम्मान गरिसकेपछि एसोसिएसनका अध्यक्ष थापाले भने, ‘यो संस्थाको उद्देश्य सामाजिक सेवा नै रहेको छ । यो संस्था हङकङमा दर्ता भए पनि नेपालको धरान नजिकैको भेडेटार छेउको छोटीमोरङमा थाउजेन बिग बुद्धको सबैभन्दा अग्लो प्रतिमा स्थापना गर्नु हो ।

पूर्वको पर्यटकीय पूर्वाधार तयार गर्दै हङकङ र धरान (नेपाल)को सम्बन्ध दरिलो बनाउने उद्देश्यले यो संस्था दर्ता गरिएको हो । थाउजेन विग बुद्धको प्रतिमा स्थापना गर्ने आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) पनि भर्खरै तयार भइसकेको छ ।’

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  २ : ४५ बजे

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा