साउदी अरबमा हुन लागेको महिला फुटबल प्रतियोगिता खेल्ने टोलीको बिदाइ « Khabarhub

साउदी अरबमा हुन लागेको महिला फुटबल प्रतियोगिता खेल्ने टोलीको बिदाइ


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागी जनाउने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरिएको छ ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले नेपाली टोलीको बिदाइ गरेका हुन् । फागुन ७ गतेबाट सुरु हुने च्याम्पियनसिपमा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने अर्को समूहमा अर्को समूहमा साउदी, लेबनान लगायत छन् ।

बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जितको लक्ष्यका साथ मैदान उत्रिने बताए । उनले आफूहरुको तयारी पनि राम्रो भएको जानकारी दिए । उनले टिमलाई बलियो बनाउन ग्रासरुटलाई नै बलियो बनाउदै लैजानुपर्नेमा जोड दिए ।

त्यस्तै, राष्ट्रिय महिला फुटबल टीमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले वाफ महिला च्याम्पियनसिप अवसरको रुपमा लिएको र उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने बताइन् ।

नेपालले फागुन ८ गते सिरिया, फागुन १० गते इराक र फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । यसअघि फ्रान्समा व्यवसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी सम्बासहित २३ सदस्यीय टोलीको घोषणा भइसकेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ३ : २६ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल