साउदी अरबमा हुन लागेको महिला फुटबल प्रतियोगिता खेल्ने टोलीको बिदाइ « Khabarhub

साउदी अरबमा हुन लागेको महिला फुटबल प्रतियोगिता खेल्ने टोलीको बिदाइ


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागी जनाउने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरिएको छ ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले नेपाली टोलीको बिदाइ गरेका हुन् । फागुन ७ गतेबाट सुरु हुने च्याम्पियनसिपमा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने अर्को समूहमा अर्को समूहमा साउदी, लेबनान लगायत छन् ।

बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जितको लक्ष्यका साथ मैदान उत्रिने बताए । उनले आफूहरुको तयारी पनि राम्रो भएको जानकारी दिए । उनले टिमलाई बलियो बनाउन ग्रासरुटलाई नै बलियो बनाउदै लैजानुपर्नेमा जोड दिए ।

त्यस्तै, राष्ट्रिय महिला फुटबल टीमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले वाफ महिला च्याम्पियनसिप अवसरको रुपमा लिएको र उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने बताइन् ।

नेपालले फागुन ८ गते सिरिया, फागुन १० गते इराक र फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । यसअघि फ्रान्समा व्यवसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी सम्बासहित २३ सदस्यीय टोलीको घोषणा भइसकेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ३ : २६ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए