रुसी दण्ड शिविरमा पुटिनका आलोचक नभाल्नीको मृत्यु « Khabarhub

रुसी दण्ड शिविरमा पुटिनका आलोचक नभाल्नीको मृत्यु


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सेइ नभाल्नीको मृत्यु भएको छ । रुसी कारागार सेवाले नभाल्नीको मृत्यु भएको पुष्टि गरेको हो । उक्त कारागारमा नाभाल्नीले १९ वर्षको सजाय काटिरहेका थिए ।

रुसको दुर्गम आर्कटिक वृत्तमा रहेको एउटा दण्ड शिविरमा शुक्रबार नभाल्नी अचेत भएका थिए । त्यसलगत्तै ४७ वर्षीय नभाल्नीको मृत्यु भएको रुसी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

राजधानी मस्कोभन्दा १९ हजार किलोमिटर उत्तर पूर्वमा यमालो नेनेट्स स्वशासित जिल्लास्थित खार्प सहरमा रहेको आईके ३ दण्ड शिविरमा राखिएको थियो । शुक्रबार हिँड्दै गर्दा उनी बेहोस भएको संघीय कारागार सेवाले जनाएको छ ।

उनी बेहोस भएसँगै एम्बुलेन्स र स्वास्थ्यकर्मी बोलाइएको थियो । हरसम्भव प्रयत्न गर्दापनि नभाल्नीलाई बचाउन नसकिएको कारागार सेवालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार मृत्युको कारणबारे अनुसन्धान जारी छ । नभाल्नीको मृत्युबारे राष्ट्रपति पुटिनलाई जानकारी गराइएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जनाएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ६ : १६ बजे

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा