एकै रात रूसमा १,२४६ ड्रोन खसालिएको दाबी « Khabarhub

एकै रात रूसमा १,२४६ ड्रोन खसालिएको दाबी


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  रूसले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म आफ्नो भूभागमा आक्रमण गर्न आएका एक हजार २४६ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।

रूसी रक्षा मन्त्रालयका अनुसार मस्कोसहित एक दर्जनभन्दा बढी क्षेत्रमा हवाई रक्षा प्रणालीले ती मानवरहित हवाई यान रोकेर नष्ट गरेको हो ।

मस्कोका मेयर सेर्गेई सोब्यानिनले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म मस्को क्षेत्रतर्फ ४६० भन्दा बढी ड्रोन आएको जानकारी दिएका छन् । तीमध्ये १२३ वटा ड्रोन राजधानी सहर नजिक पुग्नुअघि नै नष्ट गरिएको उनले राज्यसमर्थित म्याक्स प्लेटफर्ममार्फत बताएका छन्।

रूसी राजधानी मस्को युक्रेनी सीमाको नजिकको भागबाट करिब ५०० किलोमिटर टाढा छ । रूसी रक्षा मन्त्रालयले भोल्गोग्राड र क्रास्नोदारसहित विभिन्न क्षेत्रमा पनि ड्रोन आक्रमणको प्रयास भएको जनाएको छ ।

यता युक्रेनले पनि पछिल्लो २४ घण्टामा आफ्नो भूभागमा व्यापक रूसी ड्रोन आक्रमण भएको जनाएको छ । जापोरिज्झिया सैन्य प्रशासनका प्रमुख इभान फेदोरोभका अनुसार उक्त क्षेत्रमा ७०० भन्दा बढी रूसी ड्रोन प्रहार भएका छन् । आक्रमणमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

रूसी रक्षा मन्त्रालयले भने आफ्नो आक्रमण सैन्यसम्बन्धी लक्ष्यमा केन्द्रित रहेको दाबी गरेको छ ।

युद्धको पाँचौँ वार्षिकोत्सव नजिकिँदै गर्दा रूस र युक्रेनबीच हवाई आक्रमणको क्रम तीव्र बन्दै गएको छ । युद्ध अन्त्यका लागि अमेरिकाले गरिरहेको मध्यस्थता प्रयास बन्दी आदानप्रदानबाहेक अन्य विषयमा ठोस सहमतिमा पुग्न सकेको छैन ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ४ : १३ बजे

मंसिर १७ गते गोरखामा गुरुङ परम्पराअनुसार विवाह गर्दैछु : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते विवाह गर्ने

‘स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको छ’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्र

एकै रात रूसमा १,२४६ ड्रोन खसालिएको दाबी

एजेन्सी-  रूसले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म आफ्नो भूभागमा आक्रमण गर्न आएका

बेलबारीमा पुस ४ देखि अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने

बेलबारी – मोरङको बेलबारीमा आगामी पुस ४ देखि १० गतेसम्म ‘नवौँ

केन्यामा येशूलाई भेटाउने लोभ देखाएर अनुयायीको हत्या गरेको आरोपमा पास्टरसहित ३० जना दोषी ठहर

नैरोबी- येशूलाई भेट्न उपवास बस्न आग्रह गर्दै आफ्ना अनुयायीको ज्यान