आजका समाचार : हिन्दू राष्ट्रबारे कांग्रेसका २२ नेताको प्रस्तावदेखि महिला क्रिकेटमा हारसम्म | Khabarhub Khabarhub

आजका समाचार : हिन्दू राष्ट्रबारे कांग्रेसका २२ नेताको प्रस्तावदेखि महिला क्रिकेटमा हारसम्म


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा  सनातन हिन्दू राष्ट्रको पक्षमा कांग्रेसका २२ नेताको प्रस्ताव, बालकुमारी घटना छानबिन समितिको प्रतिवेदन पेस, आउँदो आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब रुपैयाँ, कालिका मन्दिरमा एक करोड ७१ लाख भेटी संकलन, रुसी दण्ड शिविरमा पुटिनका आलोचक नभाल्नीको मृत्यु, ८ वर्षपछि एसिया कप खेल्ने नेपालको सपना अधुरै लगायतका समाचार रहने छन् ।

सनातन हिन्दू राष्ट्रको पक्षमा कांग्रेसका २२ नेताको प्रस्ताव

नेपाली कांग्रेसका २२ जना नेताले सनातन हिन्दू राष्ट्र नेपालको पक्षमा निर्णय लिन प्रस्ताव राखेका छन् । सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा शंकर भण्डारीसहित २२ जना सदस्यले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन सभापति शेरबहादुर देउवालाई हस्ताक्षर संकलन गरी बुझाएका छन् ।

हस्तक्षरसहितको २२ जना सदस्यले बुझाएको सामूहिक पूरक प्रस्तावमा लेखिएको छ, ‘महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दूराष्ट्रको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा यो प्रस्ताव पेश गरेका छौं ।’

बालकुमारी घटना छानबिन समितिको प्रतिवेदन पेस

बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मेहनतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्यवन गरिने बताए ।

गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारमा भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

आउँदो आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब रुपैयाँ

आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको छ । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफल गरेर बजेटको सिलिङ तोकेको उनले जानकारी दिए ।

कार्यक्रम कार्यान्वयन गर्न बजेट नै भएन : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेट अभावका कारण विभिन्न कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री आचार्यले बजेट अभावका कारण कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताए ।

बैठकमा उनले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि सबैबीच सहकार्य हुनुपर्नेमा जोड दिए । मन्त्री आचार्यले अपाङ्गता परिचयपत्र डिजिटल प्रविधि मार्फत वितरण गर्नुपर्नेमा जोड दिए ।

कालिका मन्दिरमा एक करोड ७१ लाख भेटी संकलन

प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा रु एक करोड ७१ लाख भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा रु एक करोड २८ लाख भने खर्च गरेको छ । सो अवधिमा मन्दिरले रु ४२ लाख बचत गरेको पाइएको छ । मन्दिर व्यवस्थापन समितिले भौतिक संरचनासमेत निर्माण गरेको छ ।

मन्दिरमा गत माघ महिनामा मात्रै रु १९ लाख ७२ हजार भेटी संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । मन्दिरको खर्चतर्फ हरेक महिना तलबमा रु तीन लाख ५७ हजार खर्च हुने गरेको हो । बडा दसैँ र चैते दसैँमा भने करारका थप कर्मचारी राख्नु पर्दा खर्च पनि बढ्ने अध्यक्ष खड्काको भनाइ छ ।

वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टबीच एकता हुनुपर्छ : नेता खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टहरुबीच एकता हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित समाजवाद र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा खनालले कम्युनिष्टहरुको एकता आजको अपरिहार्य एकता भएको भन्दै वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टहरुबीच एकता हुनुपर्ने बताएका हुन् ।

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न माग

देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले बिहीबार विज्ञप्ति जारी गरी पछिल्लो समय दुर्घटना बढेकामा दुःख व्यक्त गर्दै भवितव्य दुर्घटनाका लागि राहत कोषको स्थापना गर्न सरकारसँग माग गरे । महासङ्घले बिहीबार बिहान महेन्द्रनगरबाट यात्रु लिएर काठमाडौँ आउँदै गरेको सुनौलो महाकाली यातायात प्रालिको रात्रि सेवामा सञ्चालित सुपप्र ०२–००१ ख ००९८ नंको यात्रुवाहक बस कपिलवस्तुको शिवराज नगरपालिका–१ मा दुर्घटना हुँदा १० जना यात्रुको घटनास्थलमा मृत्यु हुनाका साथै १५ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो । महासङ्घले उक्त भवितव्य दुर्घटनाबाट मृत्यु भएका आम यात्रुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उपचारका क्रममा रहेको घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

अन्तराष्ट्रिय 

रुसी दण्ड शिविरमा पुटिनका आलोचक नभाल्नीको मृत्यु

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सेइ नभाल्नीको मृत्यु भएको छ । रुसी कारागार सेवाले नभाल्नीको मृत्यु भएको पुष्टि गरेको हो । उक्त कारागारमा नाभाल्नीले १९ वर्षको सजाय काटिरहेका थिए ।

रुसको दुर्गम आर्कटिक वृत्तमा रहेको एउटा दण्ड शिविरमा शुक्रबार नभाल्नी अचेत भएका थिए । त्यसलगत्तै ४७ वर्षीय नभाल्नीको मृत्यु भएको रुसी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अफ्रिकामा १० करोड बालबालिका तथा युवा विद्यालय विमुख

अफ्रिकामा ६ देखि १९ वर्ष उमेर समूहका करिब दश करोड बालबालिका तथा युवाहरू विद्यालयबाट वञ्चित भएको पाइएको छ । शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि अफ्रिकी युनियन (एयू) का आयुक्त मोहम्मद बेल्होसिनले अफ्रिकामा ६ देखि १९ वर्ष उमेर समूहका करिब दश करोड बालबालिका तथा युवाहरू विद्यालयबाट वञ्चित भएको बताएका हुन् ।

बालबालिका तथा युवाहरू व्यापक जोखिममा रहेकाले आतङ्कवादी समूह, लागूऔषध व्यापारी र मानव बेचबिखनकर्ताहरूले सजिलैसँग प्रयोग गर्ने गरेको इथियोपियामा जारी एयू शिखर सम्मेलनमा बेल्होसिनले बताए । तिनीहरूमध्ये धेरै विभिन्न अपराध नेटवर्कमा संलग्न हुने वा अफ्रिकाका अन्य भागहरूलगायत महाद्वीप बाहिर बसाइँ सर्ने गरेको उनले बताए ।

दिल्लीमा आगलागीका कारण ११ जनाको मृत्यु

भारतको राजधानी दिल्लीमा बिहीबार भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले शुक्रबार बताउन भएको छ ।

अधिकारीका अनुसार आगलागीका कारण शवहरू पहिचान गर्न नसक्ने गरी जलेकाले मृतकको पहिचान हुन सकेको छैन । आगलागीका सबै पीडितहरू कारखानाका मजदुरहरू थिए ।

खेलकुद 

साउदी अरबमा हुन लागेको महिला फुटबल प्रतियोगिता खेल्ने टोलीको बिदाइ

साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागी जनाउने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरिएको छ ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले नेपाली टोलीको बिदाइ गरेका हुन् । फागुन ७ गतेबाट सुरु हुने च्याम्पियनसिपमा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने अर्को समूहमा अर्को समूहमा साउदी, लेबनान लगायत छन् ।

८ वर्षपछि एसिया कप खेल्ने नेपालको सपना अधुरै

नेपाली महिला क्रिकेट टोलीको ८ वर्षपछि एसिया कप खेल्ने सपना अधुरै भएको छ ।

एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सपना सकिएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ८ : ०० बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि