तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने « Khabarhub

तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने भएको छ । हिउँदे गाउँसभाको १४औँ अधिवेशनले चिकित्सा शिक्षा पढाउन छात्रवृत्तिसम्बन्धी कार्यविधि पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँका अनुसार चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण पालिकाभित्र बसोबास गर्ने एउटा जेहेन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा पढ्न छात्रवृत्ति उपलब्ध गराइने छ ।

चिकित्सा शिक्षा अध्ययन गर्न लाग्ने कूल खर्चको ५० प्रतिशत गाउँपालिकाले बेहोर्ने उनले बताए । छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्न कार्यविधिमा कोषको व्यवस्था गरिएको छ ।

चालु आवमा पालिकाले रु १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । सो छात्रवृत्ति चालु आवमै उपलब्ध गराइने छ ।

गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा नौ सदस्यीय चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति व्यवस्थापन समिति रहने कार्यविधिमा उल्लेख छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : ०५ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण