आज २०८० साल चैत ३ गते शनिबारको राशिफल « Khabarhub

आज २०८० साल चैत ३ गते शनिबारको राशिफल


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत ३ गते शनिबार तदनुसार सन् २०२४ मार्च १६ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। बोलीमा सरस्वतीको बास हुनेछ। बोल्दा अर्थपूर्ण शब्द बोल्नु राम्रो हुन्छ। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा भने आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारको साथ र सहयोग निरन्तर रहनेछ।

वृष : दिन राम्रो छ। आम्दानीका बाटा धेरै छन्। आज जम्मा गर्ने दिन हो। लगानी गर्नु भन्दा उठाउने काममा सक्रिय हुनु राम्रो हुन्छ। श्रम गरेको क्षेत्रमा सफलता मिल्नेछ। गुरुको सुझावमा अगाडि बढ्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

मिथुन : दैनिकी राम्रो छ। काम गर्ने दिन हो। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान मिल्नेछ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। बिहानै शिवको भजन सुनेर कामको सुरुवात गर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। परिवारको साथ मिल्नेछ।

सिंह : दैनिकी सहज देखिन्छ। विरोधीको पनि साथ र सहयोग मिल्नेछ। शिक्षामा सफलता हात लाग्नेछ। परिवारको माया पाउने दिन हो। वैदेशिक क्षेत्रमा गरेको लगानीमा गलत व्यक्तिको नजर पर्नसक्ने भएकाले सचेत हुनु राम्रो हुन्छ।

कन्या : समय राम्रो छ। बिहानै गणेशको सम्झना गरेर कामको सुरुवात गर्नु राम्रो हुन्छ। लगानीको क्षेत्रमा सफलता प्राप्त हुने योग छ। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ। स्वदेशकै लगानीमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दैनिकी राम्रो छ। तीर्थ यात्रा हुने योग छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी राम्रो हुनेछ। आर्थिक अवस्था सबल बन्नेछ। साथी र बन्धुको साथ मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय राम्रो छ। अनुशासनमा रहेर काम गर्दा समाजमा राम्रो प्रभाव पर्नेछ। श्रम गरेको क्षेत्रमै फाइदा हुनेछ। निन्द्रामा गढबडी र वेचैनी हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको माया निरन्तर रहनेछ।

धनु : दिन राम्रो छ। साथी र आफन्तको साथ मिल्नेछ। राम्रो कामको सुरुवात गर्ने दिन छ। यात्रा गर्नुभयो भने रमाइलो हुनेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : समय सामान्य छ। बोलीमा मधुरता रहने दिन हो। समस्या देखियो भने सानो भनेर छोड्नु हुँदैन। खर्च बढी हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

कुम्भ : दिन राम्रो छ। वर र पिपलको दर्शन गरेर दिनको सुरुवात गरेको भए सबै काम सफल बन्नेछन्। लगानीको क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा उन्नति हुनेछ। सामाजिक सेवा गर्ने अवसर मिल्नेछ।

मीन : दैनिकी राम्रो छ। श्रम गरेको क्षेत्रबाट हुने आम्दानीले सन्तोष दिनेछ। धेरै मान्छेले तपाईंको पक्षमा बोल्नेछन्। धर्ममा मन जानेछ। दान गर्दा आफूलाई फाइदा हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ५ : १० बजे

प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु

नेपालगन्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको

मंगलबारदेखि नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौं– नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित

काठमाडौं– नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टकोआधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले