मोबाइलको क्रान्ति यात्रा र प्रयोग (फोटो फिचर) | Khabarhub Khabarhub

मोबाइलको क्रान्ति यात्रा र प्रयोग (फोटो फिचर)


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजको समयसम्म आइपुग्दा मोबाइल अति आवश्यक उपकरण भइ सकेको छ। २१ औं शताब्दीमा विज्ञानले हामीलाई नयाँ नयाँ उपकरण दिइरहेको नै छ। यसैमा मोबाइल पनि विज्ञानको नवीनतम आविष्कार हो। समयको परिवर्तन सँगै प्रविधिमा पनि धेरै छिटो परिवर्तन भइरहेको छ। मोबाइल र इन्टरनेटको विकाससँगै अहिले टाढा टाढाका आफन्तलाई सजिलै देख्न र उनीहरुसँग बोल्न पाइन्छ। हरेक व्यक्तिको हात हातमा मोबाइल देख्न सकिन्छ तर एक दशक अगाडि मात्र परिस्थिति फरक थियो।

टेलिफोन सम्पर्कका लागि सहरमा विभिन्न स्थानमा टेलिफोन बुथ हुन्थे भने गाउँमा भने टेलिफोन भएको घर बिरलै पाइन्थे। गाउँमा यस्तो अवस्थामा एक कल फोन गर्नका लागि घन्टौ लगाएर लाइनै बस्नुपर्ने अवस्था थियो।

मोबाइलको आविष्कार
विश्व इतिहासमा सन् १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपुरले आफ्नो प्रतिद्वन्द्वी कम्पनीका कर्मचारीसँग पहिलो पटक गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ। त्यसको १० वर्षपछि मोटोरोलाले मोबाइल फोन बजारमा ल्याएको हो। जसको सुरुवाती मूल्य दुई लाख रुपैयाँ थियो। मोटोरोलाको पहिलो हैंडसेटको नाम थियो ‘डायना टिएसी’।

यसको ब्याट्रीलाई एक पटक चार्ज गरेमा मात्र ३५ मिनेट कुरा गर्न सकिन्थ्यो। यसको तौल सात सय ९४ ग्रामसम्मको थियो। सन् १९८५ मा बेलायतका हांस्य कलाकार एरिन वाइजले सैन्ट कैथरिन बन्दरगाहबाट वोडाफोनको कार्यालयमा फोन गरी बेलायतमा पहिलो पटक मोबाइल फोनको सुरुवात गरेको इतिहास छ। यसपछि ओटु नामको मोबाइल सेटले आफ्नो सेवा सुरु गरेको हो। वोडाफोनको १० लाख ग्राहक बनाउनका लागि डेढ वर्षको समय लागेको थियो।

मोबाइलमा क्यामेरा
व्यवसायी फिलिप खानले सन् १९८७ को जुन ११ तारिखमा आफ्नो छोरी सोफीको फोटो लिएसँगै क्यामरा जडान गरिएको मोबाइलको सुरुवात भयो। यसको सुरुवातीका दिनमा टचस्क्रीन थियो। जसमार्फत इमेल, इलेक्ट्रिकल पेजर, क्यालेन्डर, क्यालकुलेटर र एड्रेस बुकका रुपमा काम गर्ने खालको बनाइयो।

यसैगरी मोबाइलमार्फत टेक्स मेसेज पठाउने तरिका र यसका अक्षर एक सय ६० को सीमा सहितको नयाँ प्रविधि फ्रिडेलहम हेलीब्रान्ड नामका एक जर्मन इन्जिनियरले सुरु गरे।

सन् १९९३ मा आयोजित वायरलेस वल्र्ड कम्फरेन्समा आई बी एम नामको पहिलो स्मार्टफोन बजारमा आयो। सन् २०१२ मा एक अर्ब ७९ करोड वटा मोबाइल बिक्री भए। जसमा नोकिया, सामसुङ र एप्पलका थिए।

नेपालमा मोबाइल जीएसएम सुरुवात २२ वर्ष अगाडि भएको इतिहास छ। जीएसएम मोबाइलको परीक्षण २०५६ वैशाख १ गते सुरु भएको थियो। औपचारिक रुपमा ५६ वैशाख ३० बाट पोस्पेड मोबाइलको वितरण प्रारम्भ भएको थियो।

पहिलो चरणमा नेपालमा भित्रिएका मोबाइल नर्टेल कम्पनीको पहिलो पुस्ता अर्थात् १ जी थिए। जुन उच्च वर्ग र ओहदाका मानिसको पहुँचमा मात्र सीमित थियो। निकै महंगो भएकाले मध्यम वर्गको पहुँच भन्दा बाहिर थियो। २०६० साल भदौ ६ गतेदेखि तत्कालीन नेपाल दूरसंचार संस्थान हालको नेपाल टेलिकमले प्रिपेड मोबाइलको सुरुवात गरेको हो। यसअघि पोस्टपेड मात्र प्रयोगमा थियो।

सरकारले नेपाली दूरसञ्चार संस्थानलाई २०६१ मा नेपाल टेलिकममा परिवर्तन गरेपछि भने नेपालमा मोबाइल सेवा द्रूत गतिमा अघि बढ्यो। नेपाल टेलिकमले सीडीएमए सेवाको सुरुवात सोही वर्ष गरेको थियो। जसले उच्च हिमाली भेगमा मोबाइल सेवा सञ्चालन गर्न सहज भएको हो। अहिले आएर नेपालमा हरेक व्यक्तिको घरमा र देशका जुनसुकै कुनामा मोबाइलको पहुँच पुगेको छ। मानिसले मोबाइललाई अन्त्यवश्यक प्रविधिका रुपमा उपयोग गरिरहेका छन्।

तस्बिरहरु : मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : ४९ बजे

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका

जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत साक्षर

जुम्ला – जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल असोज ४ गते शुक्रबार तदनुसार

आज २०८१ साल असोज ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ४ गते शुक्रबार तदनुसार