६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे « Khabarhub

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको संख्यामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१८ मा ३०२४ को संख्यामा रहेका वाणिज्य बैंकको शाखा २०२४ सम्म आइपुग्दा ५०३६ को संख्यामा पुगेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फेब्रुअरी १५ सम्म सबैभन्दा धेरै शाखा एनआइसी एशियाको ४७६ वटा र सबैभन्दा कम स्टान्डर्ड चाटर्ड बैंकका १५ वटा मात्रै शाखा सञ्चालनमा छन् ।

सर्वेक्षण अवधिसम्म दोस्रो धेरै शाखा कार्यालय हुनेमा ग्लोबल आइएमई बैंक रहेको छ । जसको शाखा कार्यालय ४२० वटा रहेका छन् । त्यस्तै, प्रभु बैंकका ३७१, कुमारी बैंकका ३५४, राष्ट्रिय वाणिज्य बैंकका ३४६, नेपाल इन्भेष्टमेन्ट मेगाका ३३५ र लक्ष्मी सनराइज बैंकक ३०२ वटा शाखा कार्यालय रहेका छन् ।

अन्य वाणिज्य बैंकहरुको शाखा कार्यालय भने ३ सय भन्दा कम संख्यामा रहेको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । जसमा नेपाल बैंक र नविल बैंकका २८८, कृषि विकास बैंकका २८७, एनएमबीका २१३, सिद्धार्थका १९७, हिमालयनका १९६, सिटिजन्स कमर्सियलका १९३, प्राइम कमर्सियलका १९२, माछापुच्छ्रेका १७८, सानिमाका १३३, एभरेष्टका १३२ र नेपाल एसबीआईका १२० शाखा कार्यालयहरु रहेका छन् ।

राष्ट्र बैंककाअनुसार सन् २०२३ को मध्यसम्ममा बैंकहरुको प्रदेशगत शाखाको अवस्था हेर्दा बागमतीमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम रहेको देखिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १० : ४७ बजे

मुख्यमन्त्री शाहद्वारा लागूऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र सुदूरपश्चिम प्रदेश प्रहरी

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

कार्टुन  :

काठमाडौं– समसामयिक राजनीतिक अवस्थालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको एक कार्टुनले

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि