६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे « Khabarhub

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको संख्यामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१८ मा ३०२४ को संख्यामा रहेका वाणिज्य बैंकको शाखा २०२४ सम्म आइपुग्दा ५०३६ को संख्यामा पुगेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फेब्रुअरी १५ सम्म सबैभन्दा धेरै शाखा एनआइसी एशियाको ४७६ वटा र सबैभन्दा कम स्टान्डर्ड चाटर्ड बैंकका १५ वटा मात्रै शाखा सञ्चालनमा छन् ।

सर्वेक्षण अवधिसम्म दोस्रो धेरै शाखा कार्यालय हुनेमा ग्लोबल आइएमई बैंक रहेको छ । जसको शाखा कार्यालय ४२० वटा रहेका छन् । त्यस्तै, प्रभु बैंकका ३७१, कुमारी बैंकका ३५४, राष्ट्रिय वाणिज्य बैंकका ३४६, नेपाल इन्भेष्टमेन्ट मेगाका ३३५ र लक्ष्मी सनराइज बैंकक ३०२ वटा शाखा कार्यालय रहेका छन् ।

अन्य वाणिज्य बैंकहरुको शाखा कार्यालय भने ३ सय भन्दा कम संख्यामा रहेको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । जसमा नेपाल बैंक र नविल बैंकका २८८, कृषि विकास बैंकका २८७, एनएमबीका २१३, सिद्धार्थका १९७, हिमालयनका १९६, सिटिजन्स कमर्सियलका १९३, प्राइम कमर्सियलका १९२, माछापुच्छ्रेका १७८, सानिमाका १३३, एभरेष्टका १३२ र नेपाल एसबीआईका १२० शाखा कार्यालयहरु रहेका छन् ।

राष्ट्र बैंककाअनुसार सन् २०२३ को मध्यसम्ममा बैंकहरुको प्रदेशगत शाखाको अवस्था हेर्दा बागमतीमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम रहेको देखिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १० : ४७ बजे

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम

किसानका समस्या समाधान गर्नुपर्छ : संयोजक प्रचण्ड

ललितपुर- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ। बैठकमा