लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिँदै « Khabarhub

लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिँदै


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत चयन हुँदै छन् । छ विषयगत समिति र एक विषेशाधिकार समिति गरी सात  समितिमा एकल उम्मेदवारी परेपछि सभापति सर्वसम्मत चयन हुने भएका हुन् ।

लुम्बिनी प्रदेशका विषयगत समितिको नेतृत्वका विषयमा दलहरूबीच यसअघि नै सहमति भएको थियो । जस अनुसार एमालेले विशेष अधिकारसहित ३ समिति, नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्रले २ समितिको नेतृत्व गर्ने सहमति भएको थियो ।

जस अनुसार प्रदेश मामिला तथा कानुन समितिमा दिलकुमारी बुढा (माओवादी केन्द्र) , सामाजिक विकास समितिमा यमबहादुर नेपाली (माओवादी केन्द्र), कृषि, वन तथा वातावरण समितिमा विश्वप्रेम पाठक (कांग्रेस) , सार्वजनिक लेखा समितिमा माया पुन (कांग्रेस) , भौतिक पूर्वाधार विकास समितिमा रामजीप्रसाद घिमिरे (एमाले), अर्थ, उद्योग तथा पर्यटन समितिमा राजुप्रसाद श्रेष्ठ (एमाले) र विशेष अधिकार समितिमा गिरीधारीलाल न्यौपाने (एमाले) को एकल उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ३ : ०८ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा