दुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर « Khabarhub

दुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोट जिल्लाको दुर्गम गाउँ नरहरिनाथ गाउँपालिका–७ उच्छवमा पहिलो पटक स्वास्थ्य शिविर सम्पन्न भएको छ । उच्छव गाउँमा अहिलेसम्म कुनै शिविर सञ्चालन नभएकामा सोमबार गाउँपालिकाको आयोजनामा पहिलो पटक स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

उच्छव गाउँमा पहिलो एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरेर विभिन्न बिरामीको स्वास्थ्य जाँच गरिएको छ । गाउँमा पहिलो पटक स्वास्थ्य शिविरको आयोजना भएको भन्दै यस्ता शिविरमार्फत वृद्धवृद्धाले सेवा लिन सहज हुने नरहरिनाथ–७ का ७५ वर्षीया रामबहादुर बोहोराले बताए। समयसमयमा स्थानीय सरकारले यस्ता शिविर आयोजना गर्नुपर्नेमा उनले जोड दिए।

‘मैले पहिलो पटक गाउँमा नै स्वास्थ्यकर्मी आएर शिविर चलाएको देखेँ’, बोहोराले भने, ‘अहिलेसम्म गाउँमा स्वास्थ्य शिविर सञ्चालन भएको थिएन ।’ 

गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाले आयोजना गरेको शिविरमा अल्ट्रा साउण्ड, आँखाको परीक्षण, गर्भवती जाँच, प्रयोगशाला सेवा बहिरङ्ग सेवालगायत स्वास्थ्य परीक्षण गरिएको शाखा प्रमुख मानबहादुर सहकारीले बताए। उनका अनुसार शिविरमार्फत तीन सय ४२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

बहिरङ्ग सेवाअन्तर्गत सामान्य जाँच एक सय ९० जनाले गरेका सहकारीले बताए। उनका अनुसार हाइपरटेन्सन पाँच जनामा देखिएको थियो । उनले भने, ‘स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको बस्तीमा पहिलो पटक स्वास्थ्य शिविरको आयोजना गरेका हौँ ।’

नागरिकको स्वास्थ्य सेवा र पहुँच विस्तारलाई पहिलो प्राथमिकतामा राखेर पहिलोपटक उच्छव गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए। ‘हामी नागरिकको स्वास्थ्य अवस्थाका विषयमा चिन्तित छौँ’, उनले भने, ‘त्यसैले दुर्गम गाउँमा आएर शिविर सञ्चालन गरेका हौँ ।’

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ४ : ०५ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको