लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि, आईएफएसी अध्यक्ष रेसमौकीले सम्बोधन गर्ने | Khabarhub Khabarhub

लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि, आईएफएसी अध्यक्ष रेसमौकीले सम्बोधन गर्ने


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौंऔ- लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन बिहीबारदेखि राजधानीमा आयोजना हुने भएको छ । चार्टर्ड एकाउन्टेन्टहरूको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो । संस्थाले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै सम्मेलनको तयारी पुरा भएको जानकारी गराएको छ ।

संस्थाका अध्यक्ष सिए। सुजन कुमार काफ्लेका अनुसार सम्मेलनमा नेपालको लेखा प्रणालीमा भएको विकास, अन्तर्राष्ट्रिय अभ्यास र आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयमा प्रस्तुतीकरण तथा गहन छलफल हुनेछ । सम्मेलनमा एक हजार भन्दा बढी लेखा व्यवसायी सहभागी हुने अपेक्षा गरिएको उनले बताए। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय श्री दामोदर भण्डारीले गर्ने कार्यक्रम छ ।   

सम्मेलनमा लेखा व्यवसायकोे सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एकाउन्टेन्ट्स (आइएफएसी) का अध्यक्ष श्री आस्मा रेसमौकीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

आइक्यानका पूर्वअध्यक्ष तथा काउन्सिल मेम्बर सिए। युद्धराज ओलीका अनुसार लेखा व्यवसायको सर्वोच्च निकायका प्रमुखको सहभागिता हुनु नेपालका लागि महत्वपूर्ण विषय हो । नेपालले लेखा व्यवसायमा भित्राएको अन्तर्राष्ट्रिय अभ्यास सरोकारवालालाई सुनाउन र सरोकारवालाका कुरा सुन्ने उद्देश्यले यस्तो सम्मेलन आयोजना गर्न लागिएको उनले बताए । ‘यो सम्मेलनलाई हामी लेखा व्यवसायीहरूको मेला मान्छौं,’ उनले भने ।

सम्मेलनको पहिलो दिन बिहीबार उद्घाटन सत्रबाहेक तीन ओटा छलफल सत्र हुनेछ । त्यस्तै दोस्रो तथा अन्तिम दिन शुक्रबार साना तथा मझौला व्यवसायको दीगाे व्यावसायिक रणनीति, सहकार्य सहितको नियमन, व्यवसायिक सेवाको दक्षता अभिवृद्धि विषयमा छलफल सत्र रहनेछ । 

आइक्यानले नेपालमा सिए शिक्षाको विकास र यसका सदस्यहरूको नियमनको काम गर्दै आइरहेको छ । लेखा व्यवसायीहरूका लागि सरकारी निकायमा छुट्टै दरबन्दी सिर्जना गर्न पहल गरिरहेको आइक्यानले सम्मेलनका दौरान यो विषयलाई समेत प्राथमिकताका साथ उठाउने भएको छ । लेखा व्यवसायीहरूको कामको न्यूनतम शुल्क तोक्ने, कम शुल्कमा काम गरेमा त्यसको गुणस्तरको समीक्षा गर्ने विषयसमेत सम्मेलनमा छलफल हुने अध्यक्ष काफ्लेले बताए ।

सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर सिए, महाप्रसाद अधिकारी, राजस्व सचिव डा. राम प्रसाद घिमिरे, एक्यानका अध्यक्ष सिए. दीपक पाण्डे, अडानका अध्यक्ष आरए.केदारनाथ पौडेल, विभिन्न वाणिज्य बैंक तथा कम्पनीका सीईओ तथा वरिष्ठ सिएहरु सहभागी हुनेछन् । साथै नेपाल धितोपत्र बोर्ड, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, सहकारी विभाग, नेपाल बीमा प्रधिकरण, आन्तरिक राजस्व विभाग, केन्द्रिय अनुसन्धान ब्यूरो, कम्पनी रजिष्टार लगायत अन्य सरकारी निकायका प्रतिनिधिहरू समेतको सहभागितामा नियमनबारे छलफल समेत गरिने भएको छ ।

सम्मेलनमा देशभरबाट लेखा व्यवसायीहरूको सहभागिता हुने बताइएको छ । आइक्यानको आयोजनामा सन् २०२२ मा पहिलो सम्मेलन भएको थियो । जसमा १३ सय जनाले भाग लिएका थिए । सन् २०२३ मा दोस्रो राष्ट्रिय सम्मेलन भएको थियो । जसमा १२ सय जनाले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ५ : २० बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले