पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह « Khabarhub

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध व्यापारलाई निरुत्साहित गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।  

मेचीनगर नगरपालिकाद्वारा सीमा सुरक्षालगायत समसामयिक विषयमा आज आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुला सिमानाको फाइदा उठाएर अवैध व्यापार नगर्न आग्रह गरेका हुन्। उनले अवैध व्यापारको बढोत्तरीका कारण राज्यले राजस्व गुमाइरहेको विषयमा चिन्ता प्रकट गरे।

उनले नेपालमा उत्पादित कृषिजन्य सामग्रीको बजारीकरणको लागि उद्योग वाणिज्य सङ्घ, अन्य सङ्घसंस्था र जनप्रतिनिधिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले कोभिड महामारीपछि पूर्वी नाकाबाट ठप्प भएको तेस्रो देशको पर्यटक आवागमन खुलाउन नेपाल सरकारसमक्ष अनुरोध गर्ने बताए । 

 कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले पूर्वी नाका काँकरभिट्टा हुने कारोबार, पर्यटकलाई सहज नेपाल प्रवेश गराउन गर्नुपर्ने पहल, भन्सारभित्रै अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय ल्याब, बङ्गलादेशका पर्यटकलाई काँकरभिट्टाबाट एराइभल भिसाको व्यवस्थालगायतका १५ बुँदे माग राखेर ध्यानाकर्षण पत्रसमेत सभामुख घिमिरेलाई बुझाए । 

कार्यक्रममा मेची भन्सार प्रमुख रामप्रसाद रेग्मीले आसामबाट पूर्वी नाका भएर आउने कोइला विहार हुँदै अन्य नाकाबाट नेपाल प्रवेश हुँदा यहाँको राजस्व घटेको बताए। उनले बङ्गलादेशसँगको व्यापार र पर्यटक आगमन बढाउनका लागि पहल गर्न सभामुखसमक्ष आग्रह गरे। 

कार्यक्रममा सहकारीकर्मी रामचन्द्र उप्रेती, नगरपालिकाका पूर्वप्रमुख विमल आचार्य, उद्योग वाणिज्य सङ्घका पूर्वकेन्द्रीय सदस्य केशव पाण्डे, कोशी प्रदेशका पूर्वसांसद श्रीप्रसाद मैनाली, सुपारी व्यवसायी नीलकण्ठ तिवारी, मेची उद्योग वाणिज्य सङ्घका महासचिव दिनेश शाक्यलगायतले कोभिडपछि पूर्वी नाकाबाट आउने पर्यटक आगमन रोकिएको, कृषिजन्य वस्तुको निकासीको समस्यालगायतका विषयमा सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : २४ बजे

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि