अर्घौ मौलाकालिका मन्दिरमा मूर्ति समर्पण | Khabarhub Khabarhub

अर्घौ मौलाकालिका मन्दिरमा मूर्ति समर्पण


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिका-२८ स्थित अर्घौ मौलाकालिका भगवती मन्दिरमा धार्मिक अनुष्ठान सञ्चालन एवं रथयात्रासहित महाकालीको मूर्ति समर्पण गरिएको छ । अर्घौ मौलाकालिका भगवती मन्दिर संरक्षण समितिले श्रीराम जयन्ती समेतको अवसर पारी आज मूर्ति समर्पण गरेको हो । 

समर्पण पूर्व मूर्तिलाई रथमा सजाएर भजनकीर्तनसहित कालिका, लेखनाथ र माझठाना लगायतका स्थानमा रथयात्रा गरिएको समितिका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक सरोज भण्डारीले जानकारी दिए । 

रथयात्रा मैदानहुँदै नरेशपुर, जलधारे, सिलिंगे, विजयपुर, कालिकाचोक, बुढीबजार, खरानेफाँट खोलाको डिल, बहिरा स्कुल, लेखनाथचोक, रिठ्ठेपानी कुमाल गाउँ, तालचोक, खुदी, बेगनासताल, शिशुवा शिवमन्दिर, आरुपाटा, सैरे, ठूलाकोट हुँदै कालिका मन्दिरसम्म पुगेको थियो ।     

पोखरा महानगरपालिका वडा नं.२८ को संंरक्षकत्वमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सामाजिक अगुवा, धार्मिक व्यक्तित्व, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो । 

विसंं १७७२ मा स्थापना भएको यो मन्दिर बेलाबेलामा जीर्णोद्धार गरिँदै आएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : ५८ बजे

सहकारी अपचलनबारे छानबिन समिति गठन हुनुपर्ने एकीकृत समाजवादीको माग 

काठमाडौं– नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन

राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका

गृहमन्त्रीले संसद्‍मा बोल्न पाउनुपर्छ, त्यसपछि समिति बनाउन तयार छौँ : उपसभापति अर्याल

काठमाडौं– सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री

संसद्मा अवरोधबीच सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट

काठमाडौं– इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई निशाना