प्रमुख प्रशासकीय अधिकृत अर्याल सम्मानित « Khabarhub

प्रमुख प्रशासकीय अधिकृत अर्याल सम्मानित


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान दिएबापत प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल सम्मानित भएका छन्। 

चन्द्रागिरि–२ कोइरालाथोकमा जारी ऐतिहासिक (चण्डिका देवी) श्रीमद्देवी भागत ज्ञान विराट ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा उनी सम्मानित भएका हुन्  । 

महोत्सव मूल समारोह समितिका संयोजक राजेन्द्र कोइराला, उपसंयोजक मधुकर बस्नेत तथा महायज्ञको मूल वाचक पण्डित विजय सिग्देलले प्रमुख प्रशासकीय अधिकृत अर्याललाई दोसल्ला ओढाइ सम्मान गरेका हुन् ।  

सो अवसरमा सम्मानित व्यक्तित्व अर्यालले धर्म र कर्मको संयोजनबाट नै सुसभ्य समाज निर्माण हुने बताए । चण्डिका देवी मन्दिर निर्माण तथा सो क्षेत्रको धार्मिक विकास गर्न कोष स्थापना गर्ने ध्येयले सो महायज्ञ लगाइएको संयोजक कोइरालाले जानकारी दिए।  

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ७ : १६ बजे

साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी