सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख ४० हजार रुपैयाँ र १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

हिजो छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

साथै चाँदीमा पनि प्रतितोला ६० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ११ : ४३ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक