लिङ्देनको सुझाव : संसद् खोल्न समिति बनाऊँ, गृहमन्त्रीको राजीनामा पछिको कुरा हो « Khabarhub

लिङ्देनको सुझाव : संसद् खोल्न समिति बनाऊँ, गृहमन्त्रीको राजीनामा पछिको कुरा हो


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले अहिले संसद् खोल्ने विकल्पमा जानुपर्ने बताएका छन् ।

उनले संसद् खोल्नका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर छानबिन समिति बनाउनुपर्ने विकल्प सुझाएका छन् ।

बिहीबार खबरहबसँग कुरा गर्दै लिङ्देनले भने, ‘अहिले गृहमन्त्रीलाई बोल्न दिएर समिति बनाउने र सदन सुचारु गर्नेतर्फ हाम्रो छलफल भएको छ ।’

लिङ्देनले गृहमन्त्री लामिछानेले राजीनामा दिने या पदमा बसिरहने भन्ने विषय अब विकसित हुने घटनाक्रमले देखाउने बताए ।

उनले भने, ‘अहिले समिति बनाउनेमा सत्ता पक्ष र प्रतिपक्षबीच साझेदारी बन्दै छ । राजीनामाको कुरा अलिक पछाडिको विषय भयो । गृहमन्त्रीज्यूले के गर्दा सहज हुन्छ, त्यही गर्नुहोला नि !’

बिहीबार बिहान बसेको पाँच दलका सचेतकहरूसँगको बैठकपछि प्रधानमन्त्री र दलहरूबीच गृहमन्त्रीले संसद्‍मा बोलेर समिति बनाउने कुरामा सहमति भएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  २ : ३३ बजे

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका