रोजगारीको लागि १० महिनामा ५ लाख ७६ हजारबढी विदेशिए, सबैभन्दा बढी मलेसिया  | Khabarhub Khabarhub

रोजगारीको लागि १० महिनामा ५ लाख ७६ हजारबढी विदेशिए, सबैभन्दा बढी मलेसिया 


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको १० महिना अर्थात् बैशाख मसान्तसम्ममा ५ लाख ७६ हजार नेपाली रोजिरोटीका लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार १० महिनाको अवधिमा ५ लाख ७६ हजार ५४२ जना रोजगारीका लागि विदेशिएका हुन् । 

चालु आवको १० महिनामा औसतमा प्रतिमहिना ५७ हजार ६५७ जना रोजगारीका लागि विदेश जाने गरेको देखिएको छ । सबैभन्दा बढी चैत र वैशाख महिनामा वैदेशिक रोजगारीका नेपाली विदेश गएको विभागको तथ्यांकले देखाएको छ । चैतमा ७० हजार ९३३ जना नेपाली रोजगारीको लागि विदेशिएका छन् भने बैशाखमा ७० हजार ६३७ जना गएका छन् । 

नेपालीहरू रोजिरोटीका लागि दशैँ तिहारमा पनि विदेशिएका छन् । दशैँको मुखमा अर्थात असोजमा ५६ हजार २३५ जना रोजगारीको लागि विदेश गएका छन् । २०८० सालमा दशैँ र तिहार कार्तिकमा परेकाले सबैभन्दा कम विदेशिएका छन् । कात्तिकमा ४३ हजार ६२२ जना विदेशिएको विभागले जनाएको छ ।  

त्यस्तै, साउन ५५ हजार ५७५, भदौ ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२ जना, मंसिर ६८ हजार २०१, पुस ६५ हजार ८१३, माघ ६२ हजार १४७, फागुन ६५ हजार ६५८ जना नेपाली रोजगारीका लागि विदेश गएको विभागको तथ्यांकले देखाएको छ ।

वैशाखमा सबैभन्दा बढी मलेसिया गए 

वैशाखमा ७० हजार ६३७ जना रोजगारीका लागि विदेश जाँदा सबैभन्दा मलेसिया गएका छन् । चैतमा मात्र १६ हजार ९४९ जना मलेसिया गएको विभागले जनाएको छ । नेपालीको दोस्रो रोजगार गन्तव्यको मुलुक युएइ बनेको देखिएको छ । वैशाखमा १६ हजार ५१२ जना युएई रोजगारीका लागि गएका छन् । 

त्यस्तै, वैशाखमा कतार ११ हजार १०७, कुबेत ३ हजार ३८७, कोरिया एक हजार ७१०, जापान एक हजार २९८, रोमानिया एक हजार ८४, अष्ट्रेलिया ११५, बहराईन ९३४, साइप्रस ८४९, जोर्डन ४३६, चीन १०८, माल्दिभ्स ५७३, माल्टा २६६, मौरिसस ८७०, ओमान ५५२ र बुल्गेरिया २०८ जना गएका छन् । 

साथै, सोही महिनामा गणतन्त्र कोरिया ७७२, सर्बिया १५९, बेलायत २८९ जना नेपाली रोजगारीका लागि गएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : ५० बजे

भक्तपुरमा कर्फ्यू : कुनकुन ठाउँमा हिँड्न पाइदैन ?

काठमाडौं – काठमाडौं, ललितपुर जस्तै भक्तपुर जिल्ला प्रशासन कार्यालयले समेत

उषाकिरणको आक्रोश– नानीहरूका हत्याराहरू एक मिनेट पनि सरकारमा बस्नु हुन्न

काठमाडौं– जेन–जी समूहले सोमबार गरेको आन्दोलनमा १९ जनाको मृत्यु भएको

जेन–जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्‍याे : डा. डिला संग्रौला

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पेसागत बुद्धिजीवी विभाग प्रमुख

ग्राउन्ड जिरो : जेनजी प्रदर्शनको इपिसेन्टर बानेश्वरको दृश्य, जुन पहिलाभन्दा फरक थियो

काठमाडौं – सवारी साधानको ट्राफिक जाम भइरहेन बानेश्वर-माइतीघरको सडकमा सोमबार

जेन–जी आन्दोलनको भोलिपल्ट मंगलबार बिहान यस्तो देखियो नयाँबानेश्वर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका कारण सोमबार रणमैदान बनेको नयाँबानेश्वर क्षेत्र आज