अर्थसंक्षेप : सुनको मूल्यमा नयाँ रेकर्डदेखि, भियतनामी बिमान चाटर्ड गरेर नेपाल घुम्न आएसम्म « Khabarhub

अर्थसंक्षेप : सुनको मूल्यमा नयाँ रेकर्डदेखि, भियतनामी बिमान चाटर्ड गरेर नेपाल घुम्न आएसम्म


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आजै चार्टर्ड उडानबाट २१८ जना भियतनामी पर्यटक नेपाल आएका छन् । ठूलो संख्यामा भियतनामी बौद्ध धर्मावलम्बी नेपाल आएको पहिलो पटक हो । यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा ४० अर्ब ३ करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्ममा ५ लाख ७६ हजार नेपाली रोजीरोटीका लागि विदेशिएको तथ्यांक सार्वजनिक भएको छ ।

हेर्नुहोस् आजका मुख्य आर्थिक समाचारहरू :

सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड 

बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

तेजाबी सुनको भाउ पनि १६ सय रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको  छ ।

२८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्न सक्छ : घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २ हजार ८ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले नेपालको जलविद्युत उत्पादनमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका हुन् ।  उनले १० वर्षमा २ हजार ८ सय विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । जलविद्युत व्यवसायीहरूका मागप्रति प्राधिकरण सकारात्मक रहेको बताए ।

फिनल्यान्डले नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने 

सरकारले जलवायु परिवर्तन अनुकूलन कार्यक्रमका लागि फिनल्यान्ड सरकारबाट  करिब २ अर्ब अनुदान पाउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फिनल्यान्ड सरकारले दिने सो रकम अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

चार्टर्ड उडानबाट २१८ भियतनामी पर्यटक नेपालमा

चार्टर्ड उडानबाट २१८ भियतनामी पर्यटक नेपाल आएका छन् । रुप्से होलिडेज प्रालिले भियतनामी बौद्ध धर्मावलम्बीलाई चार्टर्ड उडानबाट नेपाल ल्याएको हो ।

यति ठूलो संख्यामा भियतनामी बौद्ध धर्मावलम्बी एकै पटक नेपाल आएको यो पहिलो पटक भएको कम्पनीको दाबी छ । कम्पनीले ती पर्यटकका लागि हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरेको थियो ।

भियतनामी पर्यटकले ७ रात र ८ दिनको यात्राका क्रममा काठमाडौं उपत्यकाका विभिन्न बौद्ध गुम्बा र चैत्य तथा खोटाङमा रहेको हलेसीको भ्रमण गर्नेछन् ।

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व संकलन

सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा ४० अर्ब ३ करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले आर्थिक मन्दीका कारण बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६०.७२ प्रतिशत राजस्व संकलन गरेको बताएको हो ।

भन्सार विभागले कार्यालयलाई चालु आवको १० महिनाको अवधिमा ५४ अर्ब २७ करोड २१ लख ३५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । विगतमा दैनिक ३ वटा कार्गो रेलबाट मालसामान आउने गरेकामा हाल २ वटाबाट आउने गरेको छ ।

सिप मेलाको दोस्रो चरण जेठ ६ गतेबाट

काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ ।

दोस्रो चरणको कक्षा जेठ ६ गते आइतबारबाट सुरु हुनेछ । यसमा १ हजार १३५ जनाको कोटा छ । यसका लागि १ हजार २६५ जनाको नाम सूचीकरण गरेर फोनमार्फत् तालिममा आउन अनुरोध गराइएको छ ।

तालिमामा सहभागी हुनेले ९० प्रतिशत हाजिर अनिवार्य छ । तालिम सुरु गरेर कसैले छोड्न नपाउने व्यवस्था छ । तालिम निःशुल्क हो तर, कसैले बिचमै छोडेमा तालिम बापतको शुल्क भुक्तानी गर्नुपर्नेछ ।

अन्तिम २ मिनेटमा झिनो अंकले बढेर बन्द भयो नेप्से

बिहीबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा झिनो अंकले बढेको छ । बिहीबार कारोबार बन्द हुँदा नेप्से ०.७९ अंकले बढेर २०१८.७६ बिन्दु कायम भएको छ ।

साताको अन्तिम दिन नेप्सेमा बारोबारको हिसाबले लगानीकर्ता उत्साहित देखिएका छन् । आज ४ अर्ब २३ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर ५७ हजार २१८ पटक किनबेच भएको छ ।

आज ३१५ कम्पनीको शेयर कारोबार हुँदा १०३ कम्पनीको शेयर बढेको छ भने १३९ कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

१० महिनामा रोजीरोटीका लागि ५ लाख ७६ हजार बढी बिदेशिए

चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्ममा ५ लाख ७६ हजार नेपाली रोजीरोटीका लागि बिदेशिएका छन् । वैदेशीक रोजगार विभागका अनुसार १० महिनाको अवधिमा ५ लाख ७६ हजार ५४२ जना रोजगारीका लागि बिदेसिएका हुन् ।

चालु आवको १० महिनामा औसतमा प्रतिमहिना ५७ हजार ६५७ जना रोजगारीका लागि विदेश जाने गरेको देखिएको छ । सबैभन्दा बढी चैत र वैशाख महिनामा वैदेशिक रोजगारीका नेपाली विदेश गएको विभागको तथ्यांकले देखाएको छ । चैतमा ७० हजार ९३३ जना नेपाली रोजगारीको लागि बिदेसिएका छन् भने बैशाखमा ७० हजार ६३७ जना गएका छन् ।

नेपाल र अर्मेनियाको चेम्बरबीच व्यापारमा सहकार्यको सहमति

नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीबीच आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा चेम्बर अफ कमर्सका कार्यकारी सदस्य पंकज जालान र अर्मेनिया चेम्बर अफ कमर्सका कार्यकारी निर्देशक एन्ड्रानिक अलेक्सान्यनले हस्ताक्षर गरेका हुन् ।

 

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ७ : १२ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन