गृहमन्त्रीलाई बाटो छाडेकी उपसभामुखको आशनअगाडि जब धनराज उभिए… « Khabarhub

गृहमन्त्रीलाई बाटो छाडेकी उपसभामुखको आशनअगाडि जब धनराज उभिए…



काठमाडौं–प्रतिनिधिसभा बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको छ ।

कारण थियो, उपसभामुख इन्दिरा राना मगर बस्ने आशननजिक आएर कांग्रेस उपसभापति तथा सासद धनराज गुरुङ उभिनू ।

सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि आक्रोशित मुद्रामा रहेका उपसभापति गुरुङलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उसभामुखको आशननजिक बस्न नमिल्ने बताएका थिए ।

ओलीले उपसभामुखको आशननजिक नबस्न भनेपछि गुरुङ आक्रोशित थिए । ओलीलाई जवाफ दिँदै गुरुङले, ‘आफूहरूलाई सत्ता पक्षका नेताहरूले उभिनसम्म नदिएको भन्दै तत्कालै प्रतिकार गरे, हात उठाउँदै झन् चर्को स्वरमा नाराबाजी गरे ।’

ओलीले आफूलाई उपसभामुखको आशननजिक नरहन भनेपछि गुरुङले पनि तत्कालै जवाफ फर्काएको बताए ।

गुरुङले खबरहबलाई भने, ‘मलाई ओलीजीले त्यहाँ तपाईंहरू उभिन मिल्दैन भन्नुभयो । हामी कसैको आशननजिक उभिन गएको होइन । वेल घेराउ गर्दै जाँदा त्यहाँ पुगेका थियौँ । आशनअगाडि गएर बसेको पनि होइन ।’

तर ‌ओलीको आग्रहलाई बेवास्ता गर्दै गुरुङले हात माथि उठाउँदै नाराबाजी गरिरहे ।

गुरुङले अगाडि थपे, ‘मैले उहाँको कुरा नसुनी गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ भनेर नारा लगाइरहेँ । उहाँको कुरा किन सुन्ने ? उहाँले मलाई औलासमेत उठाउनु भयो ।’

ओलीले आफूलाई औंला उठाएको भन्दै उपसभापति गुरुङ झन् आक्रोशित मुद्रामा देखिए । सत्ता पक्षका नेताहरूले आफूहरूमाथि आक्रमण गरेकोसमेत गुरुङले दाबी गरे । उनले भने, ‘हामीले संसद्‍मा एमाले अध्यक्ष ओलीलाई सोधेर उभिनु पर्ने हो र ?’

एमाले सांसद सूर्य थापाले पनि उपसभापति गुरुङ उपसभामुखको आशननजिकै उभिएपछि त्यसो गर्नु ठीक होइन भनेर अध्यक्ष ओलीले भनेको बताए ।

थापा त्यसबेला ओलीअगाडि उभिएका थिए । एमाले सासद थापाले खबरहबलाई भने, ‘प्रतिपक्षी नेता गुरुङ उपसभामुखको आशननेर उभिएपछि अध्यक्षज्यूले त्यहाँ बस्नु हुँदैन भन्दा उहाँहरू हामीतिर खनिनु भयो ।’

थापाले उपसभामुखको आशनतिर आएर कुनै दलका पनि सांसदले नाराबाजी गर्न नहुने बताए ।

‘जे भए पनि उपसभामुख बस्ने आशनसामु उभिएर कराउनु हुँदैन, नाराबाजी गर्नु हुँदैन । आफ्नो ठाउँ कहाँ हो त्यहीँ रहेर विरोध गर्नुपर्छ’, थापाले भने ।

यसो भन्छिन् उपसभामुख

यसबारेमा उपसभामुख इन्दिरा रानामगरले पनि खबरहबलाई प्रतिक्रिया दिएकी छन् । खबरहबसँगको फोन संवादमा उनले कांग्रेस उपसभापति गुरुङ आफ्नो सिटअगाडि आएर उभिएपछि एमाले अध्यक्ष ओलीले त्यसो नगर्न भनेको बताइन् ।

‘यसबारेमा सञ्चारमन्त्री रेखा शर्माले पनि प्रष्ट पारिसक्नु भएको छ । सभामुख देवराज घिमिरेले बोल्नका लागि गृहमन्त्रीको नाम लिएपछि मैले बाटो छोडिदिएकी थिएँ । त्यही क्रममा मेरो सिटमै आएर कांग्रेस उपसभापति धनराज गुरुङ उभिनु भयो । मेरो सिटअगाडि उभिएपछि उहाँलाई एमाले अध्यक्ष ओलीले त्यसो नगर्न भन्नु भएको थियो’, उनले खबरहबसँग भनिन्, ‘मेरो सिट नै छेकेर गुरुङ उभिएको विषयमा ठिक नभएको कुरा आएपछि तनाव भएको हो ।’

यो पनि-

जब धनराज गुरुङ नाराबाजी गर्दै केपी ओलीसँग खनिए… (तस्बिरहरू)

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ७ : २१ बजे

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका