कांग्रेसले भन्यो : सत्तापक्षले संसद्‍मा भिडन्त निम्त्यायो, सबै जिम्मा सभामुखले लिनुपर्छ « Khabarhub

कांग्रेसले भन्यो : सत्तापक्षले संसद्‍मा भिडन्त निम्त्यायो, सबै जिम्मा सभामुखले लिनुपर्छ


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने जनाएको छ ।

संसद् बैठक लगत्तै पत्रकार सम्मेलन गरेर कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठकमा भएको घटनाको जिम्मेवारी सभामुख घिमिरेले लिनुपर्ने बताएको हो ।

‘संसदमा भएको घटनाको मूल जिम्मेवारी सम्माननीय सभामुखज्यूले लिनुपर्छ। किनकी सदनमा जबरजस्ती विषय कार्यसूचीमा प्रवेश गराएर अप्रिय र अनपेक्षित स्थिति सिर्जना गर्ने कामको मूल जिम्मेवारी उहाँको हो,’ महामन्त्री गगन थापाले पत्रकार सम्म्लनमा भने ।

उनले सभामुख घिमिरे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आदेश पालकका रुपमा देखिनु दु:खद भएको पनि बताए।

‘सभामुख एउटा नेताको आदेशपालकका रुपमा भूमिकामा रहने कुरा दु:खद विषय हो,’ थापाले भने, ‘यो यसरी निरन्तर रुपमा जाँदैन भन्ने कुराको अपेक्षा गर्छौँ ।’

कांग्रेसले घिमिरेलाई सभामुखको भूमिका जिम्मेवारीपूर्ण ढंगबाट निर्वाह गर्न पनि सचेत गराएको छ। ‘सम्माननीय सभामुखज्यूलाई भूमिका जिम्मेवार ढंगबाट निर्वाह गर्न सचेत गराउन चाहन्छौँ,’ महामन्त्री थापाले भने।

सत्तापक्षले परिस्थितिलाई मुठभेटतर्फ लैजाने स्थिति सिर्जना गरेको पनि उनले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबारको बैठक सूचना जारी गरेर स्थगित गर्न प्रस्ताव गरेको पनि थापाले बताए ।

भिडियो

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ७ : ३३ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण