राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई | Khabarhub Khabarhub

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोक्काले हात पारेका छन् ।

नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको ३१औँ स्मृति दिवसका अवसरमा बिहीबार बुटवलमा मदन भण्डारी स्पोट्र्स एकेडेमीद्वारा आयोजित सो प्रतियोगितामा उनले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गरेका थिए ।

म्याराथनमा च्याम्पियन बनेका रोक्काले रु एक लाख पुरस्कार हात पारेका छन् । ‘सबैका लागि खेल’ भन्ने नारासहित आयोजना गरिएको म्याराथनमा १ घण्टा १० मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरेर सेनाकै नरेन्द्र रावत दोस्रो भइ रु ७५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै सेनाकै रामजी बस्नेतले एक घण्टा १० मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भइ रु ५० हजार पुरस्कार प्राप्त गरेका छन । हाफ म्याराथनमा जुम्लाका दुर्गा बुढा चौँथो,सेनाकै श्रीष लाल पाँचौँ तथा सशस्त्र प्रहरी बलका किरणसिंह बोगटीले छैटौंँ स्थान प्राप्त गरेका छन् ।

चौथो बनेका बुढाले रु ३० हजार, पाँचौंँ बनेका श्रीष लालले रु २० हजार र छैटौंँ बनेका बोगटीले रु १० हजार पुरस्कार प्राप्त गरेका छन् । बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत बुटवलको कालिकानगरबाट सुरु भएको हाफ म्याराथन तिलोत्तमाको पत्थरडाँडा पुगेर योगिकुटीमा समापन भएको थियो ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  १० : ०४ बजे

बागलुङमा डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी धेरै

गलकोट– बागलुङमा डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी धेरै देखिएका छन् ।

‘थाइल्याण्डका शाही अधिकारीद्वारा संसद् विघटनको प्रस्ताव अस्वीकार’ 

एजेन्सी– थाइल्याण्डका शाही अधिकारीहरूले संसद् विघटन गर्न सत्तारुढ दलले गरेको

निर्माण व्यवसायीविरुद्ध जनप्रतिनिधि आन्दोलनमा

गोदावरी– यहाँको गोदावरी नगरपालिकाका निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रिएका

काठमाडौंमा एक्स ओ क्लबको उद्घाटन

काठमाडौं– काठमाडौंमा एक्स ओ क्लबको भव्य उद्घाटन भएको छ ।