नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य | Khabarhub Khabarhub

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजलाई १८० रनको लक्ष्य दिएको छ।

पार्क हिल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ बनाएपछि भोलक्यानोजले १८० रनको लक्ष्य पाएको हो ।

नेपालका लागि अनिल साहले अर्धशतक प्रहार गरे । २७ बलको समाना गरेका उनले ४ चौका र ४ छक्का प्रहारको मदतमा ५० रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ४१, कुशल भुर्तेलले ३८, दिपेन्द्र सिंह ऐरीले २६, सोमपाल कामीले ३ रन बनाए ।

आजको खेलमा नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । अघिल्लो खेलमा खेलका करण केसी र सागर ढकालको स्थानमा ललित राजवंशी र अविनाश बोहोरा प्लेइङ– ११ मा समावेश छन् ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  १० : ३३ बजे

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सिरहा– लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

भोजपुर हत्या घटना : शवको ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर– भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या भएका चार जनाको शवको

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने