श्रममन्त्रीका सय दिने उपलब्धि, भ्रष्टाचार शून्यमा झारेको दाबी (पूर्णपाठसहित) « Khabarhub

श्रममन्त्रीका सय दिने उपलब्धि, भ्रष्टाचार शून्यमा झारेको दाबी (पूर्णपाठसहित)


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफ्ना सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

कार्यभार सम्हालेको एक सय दिन पुगेको आइतबार अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विभिन्न उपलब्धि सुनाएका हुन् ।

मन्त्री अर्यालले कार्यभार सम्हालेदेखि भ्रष्टाचार शून्यमा झारेको दाबी गरे । उनले के–केभ्रष्टाचार रोकियो भन्ने केही समयपछि प्रमाणसहित सार्वजनिक गर्ने बताए । भ्रष्टाचार शून्यमा झर्दा ठूलै काम गरेकोजस्तो लागिरहेको उनले बताए ।

‘डाटामा देखायो भने मज्जा आउँछ मलाई आजकाल । यति ठूलो भ्रष्टाचार रोकेको छु नि, यति ठूलो, तपाईंलाई कुनै दिन डाटामा देखाउँला । इभिडेन्स चाहिन्छ त्यस्तो देखाउने बेलामा चाहिँ’, उनले भने, ‘इभिडिन्स अलि तगडा चाहिने भएर कलेक्सन गर्दैछौँ । यो ठगीलाई हामीले शून्य बनाएका छौँ । यसमा मलाई ठूलै काम गरेँजस्तो लाग्छ ।’

मन्त्री अर्यालले आफूले मन्त्रालय सम्हालेपछि श्रम स्वीकृतिको दैनिक कोटा हटाएको बताए । अब २४ सै घण्टा आवेदन दिने व्यवस्था मिलाएको पनि उनले बताए । दुई सिफ्टबाट (बिहान ७ बजेदेखि राति ९ बजेसम्म) कार्यसञ्चालन भइरहेको उनले बताए ।

वैदेशिक रोजगार कार्यालय ताहाचलमा सेवाग्राही सहजीकरणका लागि हेल्प डेस्क सञ्चालनमा ल्याएको पनि उनले बताए ।

आफ्नो कार्यकालमा वैदेशिक रोजगारीमा जाने श्रमिकको समय, श्रम, लागत र हैरानी न्यूनीकरण भएको उनले बताए।

मन्त्री अर्यालले श्रम स्वीकृतिसम्बन्धी सेवा प्रवाह चुस्त र प्रभावकारी भएको, सार्वजनिक सेवा प्रति नागरिकको विश्वास बढेको, श्रम स्वीकृति प्रक्रियामा हुनसक्ने ठगी नियन्त्रण भएको बताए ।

त्यस्तै, आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको गुनासो, उजुरी तथा सुझावहरुलाई सम्बोधन गर्न सूचना प्रविधिमा आधारित एकद्वार प्रणाली श्रमाधानको स्थापना र सञ्चालन गरिएको पनि उनले सुनाए ।

आन्तरिक रोजगारी प्रवर्द्धन तथा श्रम प्रशासन सुदृढीकरणअन्तर्गत मर्यादित र उत्पादशील रोजगारीका अवसर बढाएको पनि उनले बताए ।

उनले रोजगार दाता र श्रमिकबीच सम्बन्ध सेतुको रुपमा कार्य गर्न सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना सम्पन्न भएको बताए ।

मन्त्री आर्यालले वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरूलाई राष्ट्रिय पुरस्कार वितरण गर्न आवेदन प्राप्त भएका र पुरस्कार सिफारिस समितिको प्रारम्भिक मूल्याकंनमा परेका ३८ वटा उद्यमी/व्यवसायीको स्थलगत निरीक्षण सम्पन्न भएको बताए ।

त्यसैगरी, श्रम कानूनको परिपालनका सम्बन्धमा एक हजार एक सय २२ वटा प्रतिष्ठानहरुको निरीक्षण गरिएको, एक हजार एक सय ८७ प्रतिष्ठानबाट श्रम अडिट प्रतिवेदन प्राप्त भएको र एक हजार ४२ वटा प्रतिष्ठानमा बालश्रम निरीक्षण सम्पन्न भएको उनले बताए ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ५ : ४४ बजे

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु