बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन : नेता जबरा « Khabarhub

बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन : नेता जबरा


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपति शमशेर जबराले बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने टिप्पणी गरेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने बताएका हुन् ।

उनले भने- ‘जिडिपीको वृद्धिदर सुस्त छ । मुद्रास्फीति उच्च छ । बेरोजगारी बढ्दो छ । महत्त्वपूर्ण राजश्व चुनौतीहरू छन् । यसले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन । सरकारले अहिलेको आर्थिक मन्दीलाई सम्बोधन गरेको देखिएन। आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने केही पनि योजना छैन ।’

उनले बजेट कल्पना र लहडमा ल्याइएको आरोप लगाउँदै ६ खर्ब घाटाको बजेट ल्याइएकोमा आपत्ति जनाए । उनले यस्तो ठूलो घाटा बजेटले देशमा भयावह मुद्रास्फीतिको अवस्था कायम भई देशमा आर्थिक अराजकता मात्रै नभई चरम सामाजिक विसङ्गति पनि बढ्ने जिकिर गरे ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ७ : १३ बजे

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा दुई सिटका लागि छ जनाको उम्मेदवारी

बागमती – यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

काठमाडौंको शङ्खरापुरमा बस दुर्घटना

काठमाडौं – काठमाडौंको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना भएको छ

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित