मिङ राजवंशी कालका दुई जहाजको भग्नावशेषमा नौ सय बढी प्राचीन वस्तु फेला « Khabarhub

मिङ राजवंशी कालका दुई जहाजको भग्नावशेषमा नौ सय बढी प्राचीन वस्तु फेला


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनको राष्ट्रिय सम्पदा प्राधिकरणले दक्षिण चीन सागरको उत्तरपश्चिममा महाद्वीपीयमा नौ सयभन्दा धेरै प्राचीन वस्तु फेला पारेको छ ।

उत्तरपश्चिममा महाद्वीपीय ढलान नजिकै मिङ राजवंश (सन् १३६८ देखि सन् १६४४) को समयका दुई प्राचीन जहाजको भग्नावशेषबाट एक हजार पाँच सय मिटर गहिराइमा नौ सयभन्दा धेरै प्राचीन वस्तु फेला परेका हुन् ।

अनुसन्धान संस्थान र स्थानीय सङ्ग्रहालयको संयुक्त प्रयासमा सन् २०२३ देखि सन् २०२४ को अवधिमा उत्खनन कार्य गरिएको थियो । त्यहाँ पहिलो जहाजको भग्नावशेषबाट तामाका सिक्का साथै सेरामिक र माटोका भाँडाका टुक्रासहित कूल आठ सय ९० प्राचीन वस्तु निकालिएको थियो ।

दोस्रो जहाजको भग्नावशेषबाट काठ, सेरामिक र माटोका सामान, हरिणको सिङ र अन्यसहित ३८ प्राचीन वस्तु फेला परेको थियो ।

‘यो खोजले चिनियाँ पुर्खाहरूले दक्षिणी चीन सागरको विकास, प्रयोग र यात्रा गरेको प्रमाण दिन्छ’, चिनियाँ राष्ट्रिय सम्पदा प्राधिकरणका उपाध्यक्ष गुआन कियाङले भने, ‘दुवै भग्नावशेष प्राचीन सामुद्रिक रेशम मार्गका साथ व्यापार र सांस्कृतिक आदानप्रदानका महत्त्वपूर्ण साक्षी हुन् ।’

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ७ : ३१ बजे

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर