‘कोशी’विरुद्ध पहिचानवादी फेरि आन्दोलित, वडाबाटै समानान्तर सत्ता चलाउने चेतावनी « Khabarhub

‘कोशी’विरुद्ध पहिचानवादी फेरि आन्दोलित, वडाबाटै समानान्तर सत्ता चलाउने चेतावनी


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी प्रदेशमा पहिचानवादीहरूले फेरि आन्दोलन घोषणा गरेका छन् ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आइतबार ताप्लेजुङको फुङलिङमा बसेको बैठकले फेरि आन्दोलनमा जाने निर्णय लिएको हो ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको समन्वयरत संस्था किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा बसेको उक्त बैठकले  प्रदेश सरकार र सभाले आन्दोलनलाई ध्यान नदिएको निष्कर्ष निकाल्दै कोशी नाम खारेजी आन्दोलनलाई आगामी मंसिरदेखि सशक्त बनाउने निर्णय लिएको छ ।

बैठकले आगामी मंसिर २ गते आइतवार बिराटनगरमा जनप्रदर्शनसहित नयाँ चरणको आन्दोलन सुरु गर्ने निर्णय गरेको हो ।

त्यसैगरी कोशी नाम खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कन आन्दोलनलाई सम्बोधन गर्नेतर्फ सत्ताधारी दल र नेताहरू अग्रसर नदेखिएको जनाउँदै संघर्ष समितिको रणनीतिक योजनाअनुसार स्थानीय तहबाटै समानान्तर सत्ता अभ्यास थाल्न अध्ययन र तयारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कोशी नाममा भोट दिने ८२ जना प्रदेश सांसद र आन्दोलनरत संस्था तथा नेतृत्वलाई साम्प्रदायिकको संज्ञा दिने ३ जना नेताहरूलाई दबाब दिन उनीहरूका परिवार तथा नातागोतालाई अनुरोध गर्ने निर्णय पनि बैठकमा गरिएको छ । ।

बैठकले प्रदेश सभा सदस्यहरूलाई सार्वजनिक कार्यक्रममा निमन्त्रणा नगर्न नगराउनु पनि कोशीका सबैलाई अपिल गर्ने निर्णय पिन लिएको छ ।

प्रदेश सरकारले गठन गरेको  राजनीतिक तथा शान्ति वार्ता टोली कोशी नामका प्रस्तावक राम राना मगरकै नेतृत्वमा बनाइनु खेदजनक रहेको पनि बैठकले निष्कर्ष निकालेको छ ।

बैठकले अस्तित्वमा रहेका दलका नेताहरूसहित मुख्यमन्त्रीको नेतृत्वमा मात्रै वार्ता गर्न सकिने निर्णय पनि गरेको छ ।

निर्णयहरू

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ८ : ०८ बजे

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौं– सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो निर्माणका

इरानी विदेशमन्त्री अराघची एक्कासी चीन जाँदै

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले चीन भ्रमण गर्ने भएका छन्

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण भएको

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं– अघिल्लो चार कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज