पहिरोपीडितलाई त्रिपाल र सोलार ‘प्यानल’ « Khabarhub

पहिरोपीडितलाई त्रिपाल र सोलार ‘प्यानल’


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको चुरे गाउँपालिका-४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ । 

गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरोपीडित परिवारलाई त्रिपाल र २० परिवारलाई सोलार प्यानल वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले वर्षाका बेला पहिरोपीडित परिवार कष्टकर जीवन बिताउन बाध्य भएकाले सहायतास्वरूप त्रिपाल र सोलार प्यानल प्रदान गरिएको बताए।

 उनले भने, ‘उनीहरूका आवश्यकताअनुसार सोलार प्यानल र त्रिपाल प्रदान गरिएको हो ।’ सबडिभिजन वन कार्यालयले वृक्षरोपण र तारबार गर्ने भन्दै पहिरोपीडित परिवारलाई बिचल्लीमा पारेको आरोप उनले लगाए । 

यसैगरी, चुरे गाउँपालिका–५ खानीडाँडास्थित भीमदत्त राजमार्ग सडक किनारमा आश्रय लिइरहेका १५ परिवारलाई खाद्यान्न, त्रिपाल र सोलार प्यानल वितरण गरिएको  छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १ : ०१ बजे

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा