‘सरकार चलाएको अनुभव छ, अब देशको अवस्था फेर्नेतिर लाग्छु’ « Khabarhub

‘सरकार चलाएको अनुभव छ, अब देशको अवस्था फेर्नेतिर लाग्छु’


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन ठूलो कुरा नभएको बताएका छन् ।

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले मंगलबार बालुवाटारमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले देशको अवस्था परिवर्तन मुख्य कुरा हुनुपर्ने बताए ।

सरकार परिवर्तन भएपछि नेपाली जनतामा आशा र विश्वास जागेको उनको भनाइ छ ।

‘सरकार परिवर्तन हुनु धेरै ठूलो कुरा होइन, सरकार समय समयमा परिवर्तन भइरहन्छ’, उनले भने, ‘तर, यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा पनि जगाएको छ। ’

भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित भएको उनले बताए ।

‘प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्वीकार्नुको अर्थ त्यतिकै प्रधानमन्त्री हुन होइन, प्रधानमन्त्री त म पहिले पनि भइसकेको थिएँ’, उनले भने ।

प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्लाई ठिक ढङ्गले नेतृत्व गर्ने उनले बताए ।

देशको विकासका निम्ति, सुशासनका निम्ति र आमजनताका निम्ति आफूले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

यसअघि प्रधानमन्त्री हुँदा पनि यथाशक्य सकारात्मक ढङ्गले सोच्ने र अगाडि बढाउने काम गरेको ओलीले प्रष्ट पारे ।

यस पटक आफूसँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरू भएको बताउँदै त्यसले अप्ठ्यारासँग जुध्न सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।

‘कोभिडसँग जुधेको छु, नाकाबन्दीसँग जुधेको छु, पार्टीभित्रका डरलाग्दा अप्ठ्यारासँग जुधेको छु, घेराबन्दीसँग जुधेको छु, ती अनुभवहरू पनि मसँग छ, आज कतै पनि त्यस्तो स्थिति छैन, आज त्यस प्रकारको घेराबन्दीको स्थिति छैन, हामीसँग कोभिडको तुलनामा त्यस्तो कुनै विपत्ति छैन’, उनले भने ।

अहिले एकैचोटी मनसुनको चापले गर्दा केही बाढी पहिरो, केही सडक पुलहरू भत्किने र त्यसबाट जनधनको क्षति भएको उनले बताए । नेपालको भौगोलिक स्थितिले पनि यस्ता कुराहरू रोक्न कठिनाइ भइरहेको उनले प्रष्ट पारे ।

आगामी दिनमा यस्ता प्राकृतिक विपत् कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने ओलीले बताए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ३ : ३० बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी