बालुवाटारबाट प्रधानमन्त्री ओलीले सुनाए नयाँ सरकारका योजना « Khabarhub

बालुवाटारबाट प्रधानमन्त्री ओलीले सुनाए नयाँ सरकारका योजना


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब सरकारले विकास निर्माणलाई तीव्रता दिने बताएका छन् ।

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले मंगलबार बालुवाटारमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै ओलीले विकास निर्माणलाई तीव्रतासँगै जनमुखी काम गर्ने बताएका हुन्।

हिजो (सोमबार) मात्रै बसेको नयाँ सरकरको पहिलो मन्त्रिपरिषद् बैठकले जनताको पक्षमा काम गर्ने गरी गम्भीरताका साथ छलफल गरेको उनले बताए ।

पछिल्लो समय देशमा निम्तिएको बाढी, पहिरो र डुबानको अवस्थाबाट पीडित भएकाहरूको पक्षमा काम गर्न गृहमन्त्री रमेश लेखकले गम्भीरतापूर्वक तयारी गरिरहेको उनले बताए ।

‘गृह मन्त्रीले गम्भीरतापूर्वक तयारी र काम गरिरहनुभएको छ’, उनले भने, ‘प्राकृतिक विपद् प्रभावित क्षेत्रमा कसरी राहत, उद्धार र पुनर्स्थापनामा गर्ने भन्ने विषयमा तयारी भइरहेको छ ।’

उनले गत वर्ष कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएकाहरूको आवास निर्माणका लागि किस्ता रकम दिने कुरामा ध्यान दिने जानकारी दिए ।

ओलीले एक वर्षभित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा गएर अलपत्र नहुने बताए । ‘ती भविष्यका कर्णधार बालबालिकाहरूलाई फस्टाउन दिनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ’, उनले भने ।

ओलीले कीर्तिपुर क्रिकेट रङ्गशालालाई ३ सय दिनभित्र प्याराफिटसहित राति पनि खेल्न सकिने गरीको प्रबन्धका साथ पूरा गर्ने निर्णय भएको बताए ।

हिजोको मन्त्रिपरिषद् बैठक औपचारिक बैठक मात्र भएको बताउँदै उनले अब मन्त्रालयगत हिसाबले विकासको कामलाई कसरी अघि बढाउने भन्ने कुरा देखाउने प्रष्ट पारे ।

सरकारले सुशासन र विकासको सन्दर्भमा, अप्ठेरोमा परेका जनताको हितका सन्दर्भमा देखिने गरी काम गर्ने कुरामा विश्वस्त, आश्वस्त र ढुक्क हुन आग्रह गरे । उनले नागरिकको आत्मीयता र माया मर्न नदिने उनले विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीले विगतमा पनि आफूले सरकारको नेतृत्व लिएको बेला देश र जनताको पक्षमा काम गरेको र अहिले पनि जनताको पक्षमा तीव्रताका साथ काम गर्ने बताए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ३ : ४२ बजे

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको