सरकार अल्पमतमा परेपछि सुदूरपश्चिममा निम्तियो बजेट शून्य अवस्था « Khabarhub

सरकार अल्पमतमा परेपछि सुदूरपश्चिममा निम्तियो बजेट शून्य अवस्था


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकार मंगलबारदेखि बजेट शून्य अवस्थामा पुगेको छ ।

गत असार १ गते सार्वजनिक आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजित बजेट प्रदेश सभाबाट पास नहुँदा सरकार बजेट होलिडेतर्फ गएको हो ।

मुख्यमन्त्री दीर्घराज सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा छन् । तर उनी नेतृत्वको सरकार अहिले अल्पमतमा छ । उनी १० दिनदेखि अल्पमतमा परे पनि निकासको विकल्प खोजिएको छैन ।

२० असारमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा छन् । एमालेबाट आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला मन्त्री हिरा सार्की र वन, वातावरण तथा सहकारी मन्त्री वीरबहादुर थापाले राजीनामा दिइसकेका छन् ।

अल्पमतका परेका सोडारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न असार २९ गते तीन प्रमुख राजनैतिक दलले सुझाए । कांग्रेस, एमाले र नागरिक उन्मुक्तिका नेताले पत्रकार सम्मेलन गर्दै अल्पमतमा परेका सोडारीका कारण बजेट पास नहुने अवस्था आएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न भनेका थिए ।

फागुन २१ गते बनेको तत्कालीन गठबन्धनबाट आर्थिक मामिला मन्त्री एमालेका सुरेन्द्रबहादुर पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएका थिए ।

तर उक्त बजेटमाथि असार मसान्तसम्म छलफल नै भएन। असार मसान्त मध्यरातिसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान थियो । तर बजेट पास नभएपछि शून्यता सुरु भएको हो ।

सोडारीलाई बहुमत सांसदले राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका थिए । तर सोडारीले सत्ता छाड्ने सुर गरेका छैनन् ।

विश्वासको मत लिन संविधानले नै ३० दिनको समय दिएको बताउँदै उनले साउन १९ सम्म सरकार चलाएर राजीनामा दिने अडान लिएका छन् ।

नयाँ सरकार गठनका लागि तयार नेपाली कांग्रेस र नेकपा एमालेले उनीमाथि दबाब बढाइरहेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता एवम् प्रदेश मन्त्री अक्कलबहादुर रावलले एमालेको अहसयोगले बजेट पास नभएको बताए ।

उनले संघीय सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तै सोडारीले पनि विश्वासको मतको ‘फेस’ गर्ने बताए ।

अध्यादेश पनि नआउने

प्रदेशको बजेट शून्यता हटाउन अध्यादेश ल्याउने बाटो पनि तत्काललाई लागि बन्द भएको छ ।

सरकारले बजेट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखको कार्यालयलाई लेखेको पत्र त्यत्तिकै राखिएको छ ।

संसद् अधिवेशन चालु रहेकाले अध्यादेश ल्याउन मिल्दैन । संसद् नचलेका बेला मात्रै अध्यादेश ल्याउन मिल्ने संवैधानिक प्रावधान छ ।

संवैधानिक प्रावधानअनुसार सरकारबाट पत्र आएपछि प्रदेश प्रमुखले संसद सचिवालयलाई अधिवेशन अन्त्यका लागि पत्र पठाउनुपर्छ।

तर प्रदेश प्रमुख नजिर मियाँ आइतबार संघीय राजधानी काठमाडौं लागेकाले सरकारको पत्र थन्किएको छ । असार १ गते बजेट ल्याएपछि अर्को सूचना जारी नभएसम्मलाई संसद् बैठक स्थगित भएको छ । प्रदेश सरकार असार २० मै अल्पमतमा परे पनि असारमा ३० मा मात्रै संसद् अधिवेशन अन्त्यका लागि पत्र लेखेको थियो ।

बजेट संकटबारे शनिबार सभामुख भीमबहादुर भण्डारीले गरेको सर्वदलीय छलफलमा पनि कुरा मिलेन । कांग्रेस-एमाले र मुख्यमन्त्रीबीच निकासबारे कुरा मिलेको छैन । त्यहीकारण सर्वदलीय बैठकमा कुनै निकास निस्किएन ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ४ : ३३ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ