डोटीमा यात्रु बस दुर्घटना, १७ जना घाइते | Khabarhub Khabarhub

डोटीमा यात्रु बस दुर्घटना, १७ जना घाइते


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

डोटी – दिपायल सिलगढी नगरपालिका-४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । 

धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।

दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।  

 सो दुर्घटनामा डडेल्धुरा गन्यापधुरा गापा-२ रिठा बस्ने २३ वर्षीय सविता देउवा, डोटी दिपायल सिलगढी नपा-६ थाप्ला बस्ने २९ वर्षीय भोजराज धामी, डोटी सायल गापा-४ गौरीगाउँका ८२ वर्षीय तेजबहादुर सिंह, डोटी आदर्श गापा-४ का ३० वर्षीय कृष्ण विष्ट, ३८ वर्षीय सन्तोष बोहरा, शिखर नपा- १० वान्डुङग्रीसैन बस्ने ३५ वर्षीय  भरत रावत, ४० वर्षीय  डम्मरीदेवी खड्का, ३८ वर्षीय  दिलबहादुर नेपाली, ६५ वर्षीय हर्कबहादुर सिंह,  ४२ वर्षीय  कमल विक्रम शाही, २९ वर्षीय भेषराज धामी २३ वर्षीय प्रकाश खड्का २१ वर्षीय हिक्मत बिक, ३५ वर्षीय  देवबहादुर बोगटी, ५६ वर्षीय लाल वीरे भूल र डोटी सायल गापा- २ बस्ने ४० वर्षीय दलबहादुर बयाडी  घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ७ : २७ बजे

कुलमानसँग छुट्टिएका सुमना, बालेन र सुदन नयाँ दल दर्ता गर्दै

काठमाडौं– ऊर्जा मन्त्री कुलमान घिसिङसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व सांसद

मह आयात रोक्न माग गर्दै कृषि मन्त्रीसमक्ष ज्ञापनपत्र

काठमाडौं – नेपाली मह उत्पादनको मौसममा बहुराष्ट्रिय कम्पनीलाई मह आयात

हिक्मत महरा सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी

सुदूरपश्चिम – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि हिक्मत

केपी ओली सडकमा आतंक सिर्जनाको तयारी गरिरहेका छन्: रिजाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादी (हाल नेपाली कम्युनिष्ट पार्टीमा समाहित) का

राणा शासनविरुद्ध गणेशमान सतिसालझै अभिनुभयोः पूर्वराष्ट्रपति यादव

काठमाडौं – पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाली कांग्रेसका संस्थापक नेता