भेरी करिडोर–राप्ती लोकमार्ग अवरुद्ध « Khabarhub

भेरी करिडोर–राप्ती लोकमार्ग अवरुद्ध


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४ बोहरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोले विद्युत्का पोल बगाउँदा विद्युत् सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार रुकुमपश्चिमको मुसिकोट नगरपालिका–११ र १२ को बीचमा पर्ने पितिबाङ खोलामा गए रातिको वर्षाका कारण बहाव बढ्दा राप्ती लोकमार्ग अवरुद्ध भएको छ । 

बाटोमा केही समस्या नभएको र पानीको सतह घट्नेबित्तिकै राजमार्ग सञ्चालन छ । राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि दाङ जाने तथा त्यताबाट आउने सवारीसाधान तथा सदरमुकाम मुसीकोट आउने साना–ठूला सवारीसाधन पितिवाङ खोलामा रोकिएका  छन् ।

यसैबीच, रुकुमपश्चिम खण्डमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । चौरजहारी मुसिकोट खण्डअन्तर्गत सानीभेरी गाउँपालिकाको चाइनाबगरगिठागोटमा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ९ : ४५ बजे

गोरखा बाह्रकिलो बजारका घरटहरा हटाइयो

गोरखा– गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका

सिंहदरबार गेटबाट अनेरास्ववियुका अध्यक्ष धामीसहित ७ जना पक्राउ

काठमाडौँ– सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा

नुवाकोट-धादिङको गगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)

नुवाकोट– नुवाकोट र धादिङको गल्छीबीच पर्ने गगटे क्षेत्रमा मनसुन सक्रिय

कर्णालीका मन्त्रीको सामूहिक राजीनामा

सुर्खेत– कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी सबै मन्त्रीले

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर– बागमती नदीको कटानले टौदहपूर्वका केही घर जोखिममा परेका छन्